Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘खुर्सानी र आलुमा बढी विषादी’ - Himalkhabar.com

अन्तर्वार्ता/विचारआइतबार, आषाढ १५, २०७१

‘खुर्सानी र आलुमा बढी विषादी’

हिमालखबर

काठमाडौंको कालीमाटी तरकारी बजारमा ४ असारबाट गरिएको विषादी परीक्षण प्रयोगशालाबारे बाली संरक्षण निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत दिनेशबाबु तिवारीसँग गरिएको कुराकानीः

विषादी परीक्षण प्रयोगशाला किन आवश्यक पर्‍यो ?

बालीनाली लगाउँदा रोग नियन्त्रणका लागि प्रयोग गरिने कीटनाशक विषादीको निश्चित अवधिसम्म असर रहन्छ । विभिन्न अध्ययनहरूले त्यस्ता विषादीले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने देखाएका छन् । खाने तरकारीमा विषादीको मात्रा छ कि छैन तथा कति छ भनेर पत्ता लगाउन प्रयोगशाला स्थापना गरिएको हो ।

परीक्षण गर्दा विषादी प्रयोग भएको पाउनुभयो ?

कालीमाटीमा बेच्न लगिएको तरकारीमध्ये पनि खुर्सानी र आलुमा बढी विषादी पाइएको छ । विषादी ३५ सम्म हुनुपर्ने खुर्सानी र आलुमा ८०–९० सम्म भेट्टिएको छ ।

विषादी परीक्षण मात्रै गर्ने हो कि कारबाही पनि गर्ने ?

हामी परीक्षणकै क्रममा छौं । अहिले कार्यविधि बन्दैछ । नमूना कसरी संकलन गर्ने र कति मात्रामा गर्ने भन्ने तय गर्न कार्यविधि आवश्यक छ । विषादी प्रयोग गर्नेहरूलाई कार्यविधिले व्यवस्था गरे अनुसार कारबाही हुन्छ ।

विषादीको प्रयोगमा किसानलाई निरुत्साहित गर्न सरकारले के गर्छ ?

सबै किसान शिक्षित नभएकाले शुरुमा उनीहरूलाई विषादी प्रयोगबाट हुने बेफाइदाबारे जानकारी दिन्छौं । रोग नियन्त्रणका लागि विषादीलाई अन्तिम विकल्पको रुपमा लिन आग्रह गर्छौं । बलजफ्ती गर्नेलाई कारबाही हुन्छ ।

प्रयोगशाला कालीमाटीमा मात्रै राखेर पुग्छ ?

प्रयोगशाला अहिले आफैं परीक्षणमा छ । यो सफल भएपछि काठमाडौंका अन्य भाग र देशका विभिन्न भागमा स्थापना हुन्छ । त्यसपछि विश्व स्वास्थ्य संगठनको मान्यता विपरीत विषादी प्रयोग भएको तरकारी उत्पादन र बिक्री वितरण गर्न रोकिन्छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>