थप समाचारसोमबार, आषाढ १६, २०७१

ओभरटेक गर्दा ट्रिपर दुर्घटना, दम्पतिको मृत्यु

हिमालखबर

नौबिस–नागढुंगा सडकखण्डअन्तर्गत पिपलमोडमा ओभरटेक गर्ने क्रममा ट्रिपरले घरमा ठक्कर दिएको हो । १५ असार राति बा २ ख ३९९२ नम्बरको ट्रिपरले ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा घरभित्र सुतिरहेका दम्पतिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पिपलमोडका बलराम बोहोरा र उनकी श्रीमती मैयाँ बोहोरा छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीब्र गतिमा आएको ट्रिपरले ओभरटेक गर्ने क्रममा सडकछेउमा रहेको घरमा ठक्कर दिएको हो । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>