थप समाचारसोमबार, आषाढ १६, २०७१

खनाल र नेपाल पार्टीका अविभावकः पोखरेल

हिमालखबर

एमाले महासचिव पोखरेलले अध्यक्ष खनाल र वरिष्ठ नेता नेपालले पार्टीमा अविभावकको जिम्मेवारी निर्वाह गर्नुपर्ने सुझाव दिएका हुन् । रिपोर्टर्स क्लबले १६ असारमा गरेको कार्यक्रममा उनले भने, “पार्टी सुदृढिकरण र संरक्षणका लागि उहाँहरुले अब नेतृत्व छाडेर अविभावकीय भूमिका निर्वाह गर्नुपर्छ ।”

उनले अब पार्टी नेतृत्व गर्ने पालो केपी ओलीको भएको जिकिर गरे । उनले भने, “ओलीले सबैको मन जितेर सामूहिक नेतृत्व प्रणाली अघि बढाउनुहुन्छ, यो कुनै गुट होइन ।”

उनले आफूहरुले अहिलेसम्म कुनै प्यानल घोषणा नगरेको पनि तर्क गरे । “हामीले कुनै प्यानल घोषणा गरेका छैंनौं, अहिले यतिमात्र हो कि अधिकांशले ओलीलाई अध्यक्ष बनाउन चाहन्छन्,” उनले भने । उनले अध्यक्ष खनालले ओलीलाई समर्थन गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>