अर्थ/बजारसोमबार, आषाढ १६, २०७१

निगमको नयाँ चिनियाँ विमान ग्राउन्डेड

हिमालखबर

वायुसेवा निगमको नयाँ विमान ‘एमए–६०’ चरासँग ठोक्किएपछि ग्राउन्डेड गरिएको हो । ‘एमए–६०’ विमान १६ असार बिहान विराटनगर विमानस्थलमा चरासँग ठोक्किएको निगमका प्रवक्ता सरोज कसजुले जानकारी दिए ।

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको विमान बिहान ८:२० बजे अवतरणका क्रममा चरासँग ठोक्किएर दाँया पङ्खा (प्रोपेलर)मा क्षति पुगेको छ ।

“अवतरणका क्रममा पङ्खामा चरा ठोक्किँदा जहाज ग्राउन्डेड भएको छ,” उनले भने, “हामीले जहाज निर्माता कम्पनी एभिक एभिएसनलाई जानकारी गराएका छौं, पङ्खा फेर्न कम्तीमा एक साता लाग्ने छ ।”

पङ्खा फेर्न चिनियाँ प्राविधिक र सामान समेत मगाउनु पर्ने भएकाले एक साताको समय लाग्ने निगमको भनाइ छ । चरासँग ठोक्किएको विमानमा सवार यात्रुलाई भने केही नभएको कसजुले जानकारी दिए ।

चीनबाट ल्याइएको ‘एमए–६०’ विमानले ११ असार बिहानदेखि व्यवसायिक उडान शुरु गरेको थियो । निगमले ‘एमए–६०’ विमानबाट पहिलो चरणमा सातामा १५ उडान गर्ने बताएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>