थप समाचारसोमबार, आषाढ १६, २०७१
बलात्कारको आरोपमा एक पक्राउ
इलाका प्रहरी कार्यालय तुलसीपुरले एक महिलालाई जबरजस्ती करणी गर्ने राजकुमार विकलाई पक्राउ गरेको हो । उरहरी–५ का उनलाई १६ असारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी ८ असार साँझ एक महिलालाई जबरजस्ती करणी र लुटपाटमा संलग्न रहेका थिए । उनलाई १६ असारमै जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।
अत्याधुनिक हतियार बरामद
सल्यानको काल्चे–७ अमरखोली जंगलवाट इलाका प्रहरी कार्यालय तुलसीपुरले अत्याधुनिक हतियार र गोली फेला पारेको छ । विशेष सुराकीको आधारमा सालको रुखको टोड्कामा लुकाई राखेको १ थान एसएलआर, १ थान म्यागजिन र २० राउण्ड गोली १६ असारमा फेला पारेको प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
प्रहरीको फरार सुचीमा रहेका पुरन्धारा–९ मा दिनदहाडै हतियार पड्काएर सर्वसाधारणलाई आतंकित पार्ने आकाश वलीले प्रयोग गरी लुकाई राखेको हतियार सल्यान प्रहरीको सहयोगमा फेला पारेको जोशीले बताए । वली भने अझै पक्राउ परेका छैनन् ।
देविका घर्ती मगर, दाङ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
