Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जर्मनीविरुद्ध ३२ वर्ष अघिको बदला लिने दाउमा अल्जेरिया - Himalkhabar.com

खेलकुदसोमबार, आषाढ १६, २०७१

जर्मनीविरुद्ध ३२ वर्ष अघिको बदला लिने दाउमा अल्जेरिया

हिमालखबर

इन्टरनेट तस्वीर

सन् १९८२ को विश्वकप फूटबलको समूह चरणको खेलमा अल्जेरियाले जर्मनीलाई २–१ ले हरायो । जर्मनीलाई हराएर उच्च मनोवलमा रहेको अल्जेरिया समूह चरणकै खेलमा अष्ट्रियासँग २–० ले पराजित भयो ।

तर, चिलीलाई ३–२ ले हराएपछि भने अल्जेरियाको अघिल्लो चरणमा जाने प्रवल संभावना थियो । त्यस्तोस्थितिमा जर्मनीले अष्ट्रियालाई दुईभन्दा बढी गोल अन्तरले हराउँदा अल्जेरिया अघिल्लो चरणमा पुग्ने थियो । तर, जर्मनीले समूह चरणको आफ्नो अन्तिम खेलमा छिमेकी अष्ट्रियाविरुद्ध एकभन्दा बढी गोल हानेन ।

अहिलेजसरी समूह चरणमा एकै समूहका अन्तिम खेलहरु एउटै समयमा नहुने त्यो बेला जर्मनी र अष्ट्रियाबीचको खेल दिक्कलाग्दो थियो । जर्मनीले एक गोल गरेपछि दुवै टीमले एक–आपसमा पास खेलेरै ९० मिनेट बिताएका थिए । त्यही ‘म्याच फिक्सिङ’ का कारण जर्मनी र अष्ट्रिया दोस्रो चरणमा पुगे भने अल्जेरिया विश्वकपबाट बाहिरियो ।

बत्तिस वर्ष अघि आफूविरुद्ध जर्मनीले गरेको त्यही ‘म्याच फिक्सिङ’ को बदला लिने दाउका साथ अल्जेरिया मैदानमा ओर्लदैं छ, १६ असार राति १.४५ बजे । त्यतिबेला जर्मनीले आफ्नो टोलीलाई घात गरेकाले अल्जेरियाले यो विश्वकपमा बदला लिने बताइसकेको छ । तर, जर्मन प्रशिक्षक जोचिम लोउले भने विगतको कुरा बिर्सनुपर्ने बताएका छन् । “फूटबलमा बदलाको भावनाले प्रतिस्पर्धा गर्नु हुँदैन,” उनले संचारमाध्यममा प्रतिक्रिया दिएका छन् ।

इन्टरनेट तस्वीर

अल्जेरियाका प्रशिक्षक भाहिद हालिलहोद्जिकले आफूहरु जर्मनीसँग नडराएको बताएका छन् । उनले भनेका छन्, “बलियो जर्मनीविरुद्ध हामी खरो उत्रने छौं ।”

समूह चरणमा चार गोल गरेका थोमस मुलरलाई जर्मनीले हतियारको रुपमा उतार्दै छ । तर, जर्मनीमा स्टार खेलाडीको भने कमी छैन ।

अल्जेरियामा भने नाम कहलिएका खेलाडी कमै छन् । तर, उसले फरवार्ड इस्लाम स्लिमानीमा बढी भर गर्नु पर्नेछ । उनले ब्राजिलमा जारी विश्वकपमा दुई गोल गरिसकेका छन् ।

फ्रान्सविरुद्ध नाइजेरिया

ब्राजिलमा जारी विश्वकपअन्तर्गत १६ असार राति ९.४५ बजे फ्रान्स र नाइजेरिया भिड्दै छन् ।

आफ्ना स्टार खेलाडी फ्रेन्क रिवेरीलाई गुमाएको फ्रान्स अहिले लयमा छ । सन् १९९८ को विश्वकप विजेता फ्रान्सका खेलाडीमा अनुभवको कमी छैन । स्ट्राइकर करिम बेन्जेमाबाट बढी आशावादी फ्रान्स जसरी पनि क्वाटरफाइनलमा पुग्न चाहन्छ ।

सन् १९९४, १९९८ मा दोस्रो चरणमा पुगेको नाइजेरिया भने क्वाटरफाइनलमा पुगेर नयाँ इतिहास रच्ने दाउमा छ । अर्जेन्टिनी स्टार लियोनल मेसीलाई जवाफ फर्काउने क्रममा अर्जेन्टिानाविरुद्ध दुई गोल गरेका अहमद मुसा नाइजेरियाको भरपर्दा हतियार हुन् ।

दीपेन्द्र सापकोटा, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>