थप समाचारसोमबार, आषाढ १६, २०७१

अपराध गरेको २६ वर्षपछि स्कूल संचालक पक्राउ

हिमालखबर

तुफान न्यौपाने, नेपालगञ्ज

२६ वर्षपछि पक्राउ परेका ज्यान मार्ने उद्योग चलाएर फरार बाँके कोहलपुर–४ चप्परगौडीस्थित ग्रिनपिस इङ्गलिस बोर्डिङ स्कूलका फाउण्डर भक्तलाल भारती । तस्वीरः तुफान न्यौपाने

ज्यान मार्ने उद्योग चलाएको ठहर भएका बाँके कोहलपुर–४ चप्परगौडीस्थित ग्रिनपिस इङ्गलिस बोर्डिङ स्कूलका फाउण्डर भक्तलाल भारती पक्राउ परेका हुन् । आफ्नी प्रेमिकालाई छुरा प्रहार गरी ज्यान मार्ने उद्योग गरेका उनलाई १६ असारमा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक जनक शाहीले जानकारी दिए ।

उनले २०४६ भदौमा सुर्खेतमा आफुनी प्रेमिकालाई छुरा प्रहार गरी ज्यान मार्ने उद्योग गरेका थिए । शिवलाल भारतीको नाममा सुर्खेतमा अपराध गरेको भए पनि उनले कञ्चनपुरको लक्ष्मीपुर गाविसबाट भक्तलालको नाममा नागरिकता लिएका थिए ।

सुर्खेतमा प्रेमिकालाई गर्भवती बनाएपछि भारतीले गर्भपतन गराउन दबाब दिएको र नमानेपछि छुरी प्रहार गरी मार्ने उद्योग गरेको जिल्ला अदालतले ठहर गरेको थियो ।

पेटमा छुरी प्रहार पछि घाइते उनकी प्रेमिका उपचारपछि निको भइन् र छोरी जन्माइन् । अहिले उनी छोरी पालेर सुर्खेतको वीरेन्द्रनगरमा बस्दै आएको प्रहरीले जनाएको छ ।

ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा अदालतमा पुगेपछि भारती भने फरार भएका थिए । अदालतले वारेण्ट जारी गरेपनि उपस्थित नभएका उनीविरुद्ध जिल्ला अदालत सुर्खेतले १० वर्ष कैद सजाय सुनाइसकेकोले पक्राउ पछि सुर्खेत पठाएको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिए ।

गएको वैशाखमा पनि पक्राउ परेका भारती कञ्चनपुरको नागरिकता देखाएर आफू सुर्खेतको घटनामा संलग्न नभएको जिकिर गरी छुटेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>