Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
क्वार्टर फाइनलमा जर्मनी र फ्रान्स भिड्ने - Himalkhabar.com

खेलकुदमंगलबार, आषाढ १७, २०७१

क्वार्टर फाइनलमा जर्मनी र फ्रान्स भिड्ने

हिमालखबर

जर्मनीका ओजिल अल्जेरियाविरुद्ध निर्णायक गोल गरेपछि । तस्वीर: रोयटर्स

ब्राजिलमा जारी विश्वकप फुटबलमा १६ असार राति जर्मनी र अल्जेरियाबीच भएको खेलमा निर्धारित समयमा दुबै टिमले कुनै गोल गर्न नसकेपछि थपिएको अतिरिक्त समयमा जर्मनीले २ का विरुद्ध १ गोलले अल्जेरियालाई हराएको छ ।

अब क्वार्टर फाइनलमा जर्मनीले फ्रान्सको सामाना गर्नुपर्ने छ ।

जर्मनी र अल्जेरियाबीचको रोमाञ्चक भिडन्तमा निर्धारित समयमा दुवै टिमले गोल गर्न सकेका थिएनन् । अतिरिक्त समयमा जर्मनीका आंद्रे शुरलाले ९२ औं मिनटमा पहिलो गोल गरे ।

खेलको ११९ औं मिनटमा जर्मनीका मिसुत ओजिलले दोस्रो गोल गरेर अल्जेरियालाई २–० को अग्रता दिलाए ।

ओजिलले गोल गरेको दुई मिनटमै अल्जेरियाका मिडफिल्डर अब्दुलमोमेन जाबाउले जर्मनीको गोल पोष्टमा बल छिराए पनि अन्ततः खेल २–१ ले जर्मनीको पक्षमा रह्यो ।

यसअघि भएको खेलमा फ्रान्सले नाइजेरियालाई २–० ले हराएर क्वार्टर फाइनलमा आफ्नो स्थान बनाइसकेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>