थप समाचारमंगलबार, आषाढ १७, २०७१

चौबीस लाखको भवन २४ घण्टा नपुग्दै भत्कियो

हिमालखबर

जिल्ला शिक्षा कार्यालय महोत्तरीको रु २४ लाख अनुदानमा जलेश्वरमा निर्माण गरिएको महेन्द्र आदर्श माविको चार कोठे भवन १७ असार विहान विभिन्न ठाउँमा प्वालै प्वाल परेर भत्किएको छ । उक्त भवनको छत ढलाई १६ असारराति २ बजे गरिएको थियो ।

व्यवस्थापन समिति नरहेको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद दाहालसहित सात जना शिक्षकको निर्माण समितिले निर्माण गरेको भवन ढलान गरेको पाँच घण्टामै भत्किएको स्थानीय रञ्जीतकुमार राउतले बताए ।

मापदण्डअनुसारको बालुवा, सिमेन्ट प्रयोग नगरिएको र रातारात ढलान गरिएका कारण छत ढलान गरिएको केही बेरमै भवन भत्किएको स्थानीय सुरेश साहले बताए ।

यसैबीच भवनमा प्रयोग गर्नका लागि ल्याइएका ८/१० ब्यान्डल फलामे डन्डी भवनमा प्रयोग नगरी निर्माण स्थल नजिकै झाडीमा लुकाइ राखिएको अवस्थामा स्थानीयवासीले फेला पारेका छन् ।

यता प्राधानाध्यापक दाहालले भने आफूहरुले भवन निर्माणको सम्पूर्ण जिम्मा भारत विहारको सीतामढी जिल्लाअन्तर्गत चन्दपारा बस्ने मोहम्मद कलामलाई दिएको र निजले आफ्नो मनोमानीअनुसार भवन बनाएको आरोप लगाएका छन् ।

ढलान गरेको केही बेरमै विद्यालय भवन भत्किएपछि स्थानीयको पहलमा दोषीउपर छानबिन र कारबाहीका लागि समितिसमेत बनाइएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>