समाचारआइतबार, भाद्र ३१, २०६९
एमाओवादीले प्रमाण नष्ट गर्दैनः अख्तियार
आयोगको २२ औं बार्षिक प्रतिवेदन सार्वजनिक गर्न ३१ भदौमा राजधानीमा आयोजित कार्यक्रममा सचिव काफ्लेले एमाओवादी पार्टीले नै छानविन गरिरहेकाले आयोगले केही नगर्ने बताएका हुन । जसले भ्रष्टाचार गरेको छ उसैले छानविन गर्न पाउँछ ? भन्ने संवाददाताहरुको प्रश्नमा काफ्लेले भने, ‘देशको जिम्मेवार पार्टीले जिम्मेवार ढंगले अनुसन्धान गरिरहेको छ । हामीले अहिल्यै केही पनि गर्दैनौं ।’
एमाओवादीले अनुसन्धान नै नगरे वा चित्त नबुझे मात्रै अख्तियारले छानविन गर्न सक्ने काफ्लेले बताए । माओवादीलाई अहिले शंकाको लाभ दिनुपर्ने उनको भनाई थियो ।
सरकारमा बसेको पार्टी भएकाले एमाओवादीले भ्रष्टाचारको प्रमाण कुनै हालतमा नष्ट नगर्ने काफ्लेको विश्वास थियो । जनताले कर तिरेको पैसा अर्बौं भ्रष्टाचार भएको विषयमा काफ्लेले भने, ‘अहिल्यै छानविन गर्न केको हतार ?’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
