थप समाचारमंगलबार, आषाढ १७, २०७१
विवाहित छोरीलाई पनि सम्पति दिने प्रस्ताव
मुलुकी ऐनको व्यवस्थाले महिला र पुरुषबीच थुप्रै विभेद गरेको भन्दै सरकारले जेठ अन्तिम साता उक्त ऐनका विवादित व्यवस्था संशोधन गर्न संसदमा विधेयक दर्ता गरेको छ।
छलफल हुन बाकीँ उक्त विधेयक जस्ताको त्यस्तै पारित भए त्यसले यो ऐन संशोधन हुनु पहिल्यै विवाह गरिसकेका छोरीलाई पनि बाबु-आमाबाट पैतृक सम्पतिमा दाजुभाई सरह समान अंश पाउने अधिकार हुनेछ।
सर्वोच्च अदालतले विभिन्न मुद्दामा महिला-पुरुषबीच समानता कायम गर्न ऐन नै संशोधन गर्न यसअघि निर्देशनात्मक आदेशहरु दिएको थियो ।
सामाजिक परिवेशले विवाहपछि छोरीको आर्थिक पाटो कमजोर हुने हुँदा हिंसा खेप्नु परिरहेको भन्दै यो विधेयक आवश्यक रहेको महिलाअधिकारकर्मीहरु बताउँछन् ।
तर अहिलेको विधेयकमा कुनै फेरबदल नभइ बहुमतबाट पारित हुनेमा कतिपयले आशंका व्यक्त गरेका छन्।
बीबीसीको सहयोगमा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
