Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दासानायकेसँगको करार एक वर्ष थप - Himalkhabar.com

रमझममंगलबार, आषाढ १७, २०७१

दासानायकेसँगको करार एक वर्ष थप

हिमालखबर

खेलाडी, प्रशंसक र  सरोकारवालाहरुको चर्को दबाबपछि खेलकुद मन्त्रालयले नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेसँगको करार अवधि एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ ।

“अहिले दासानायके क्यानाडामा छन्, उनी आएपछि करार सम्झौता हुनेछ,” मन्त्रालयका एक अधिकारीले बताए ।

क्रिकेट प्रशिक्षकको नियुक्ति नेपाल क्रिकेट संघ (क्यान) ले गर्ने यसअघिको प्रचलन भए पनि क्यानले रकम नभएको भन्दै दासानायकेको म्याद थप गर्न अस्वीकार गरेपछि मन्त्रालयले नै करार गर्ने भएको हो ।

————————————————————————————————————————–

दासानायकेलाई ल्याउन सरकारले सहयोग गर्नेः अर्थमन्त्री महत
अर्थमन्त्री रामशरण महतले क्रिकेट प्रशिक्षक पुबुदु दासानायकेको करार अवधि थप्न सरकारले सहयोग गर्ने बताएका छन् ।

मंगलबार , १७ असार २०७१ १०:५६ एम

सामाजिक सञ्जाल ट्विटरमा अर्थमन्त्री रामशरण महतले सरकारले क्रिकेट प्रशिक्षक पुवुदु दासानायकेलाई नगुमाउने उल्लेख गरेका छन् ।

“हाम्रो क्रिकेटको स्तर उकास्न कडा मेहनत गरेका कोच दासानायकेलाई गुमाउन हुँदैन,” महतले लेखेका छन्, “यदि क्यान टाट पल्टिएको हो भने सरकारले सहयोग गर्नुपर्छ ।”

१६ असारमा नेपाल क्रिकेट संघ (क्यान) ले आर्थिक संकटका कारण पुबुदुको करार थप्न नसकिने बताएको थियो । भने नेपाली क्रिकेट कप्तान पारसा खड्काले दासानायकेलाई फिर्ता नल्याइए आफूले क्रिकेट नखेल्ने बताएका थिए ।

“नेपाली क्रिकेटलाई अघि बढाउन चाहन्छौं भने हामीलाई कुनै मूल्यमा पनि पुबुदु चाहिन्छ,” पारसले फेसबुकमा लेखेका थिए, “यदि त्यसो भएन भने म नेपालका लागि खेल्दिनँ ।” उनले नेपाली क्रिकेटको आरोह अवरोहमा साथ दिने सबैलाई धन्यवाद पनि भनेका छन् ।

नेपाली राष्ट्रिय टोलीका कोचा श्रीलंकाली मुलका क्यानाडेली नागरिक पुबुदु दासानायकेको सम्झौता १६ असारमा सक्किएको छ । क्यानले सम्झौता नविकरण नगर्ने संकेत पाएका उनी यसअघि नै क्यानाडा फर्किसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>