थप समाचारमंगलबार, आषाढ १७, २०७१
डिस्टिङसनलाई उच्चशिक्षाका लागि संकट
उत्तरी मकवानपुरका सामुदायिक विद्यालयहरुबाट विशिष्ट श्रेणीमा उत्तिर्ण एकमात्र विद्यार्थी सुनिल बलामीलाई आर्थिक समस्याले गर्दा उच्च शिक्षा हासिल गर्ने चाहना अधुरै रहला कि भन्ने चिन्ता परेको छ ।
थाहा नगरपालिका– १२ बज्रवाराहीको सुनौला माध्यमिक विद्यालयबाट उत्तिर्ण सुनिललाई विज्ञान विषय पढ्न रुचि भए पनि निकै कमजोर आर्थिक अवस्थाका कारण उच्चशिक्षाका लागि कसैले सहयोग गरिदेला कि भन्ने आशामा छन् ।
“परिवारको सामान्य खर्च जुटाइदिने बुवाको यसै वर्ष निधन भयो, आमा रोगी हुनुहुन्छ,” उनले भने, “आफूलाई खान लाउनकै धौ छ, कसरी फिस तिर्नु ।”
“कसैले सहयोग गरिदिए पढेर ऋण तिर्थें,” बलामीले भने ।
सुरजकुमार भुजेल, मकवानपुर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
