Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
डि मारियाको गोलसँगै अर्जेन्टिना क्वार्टर फाइनलमा - Himalkhabar.com

खेलकुदबुधबार, आषाढ १८, २०७१

डि मारियाको गोलसँगै अर्जेन्टिना क्वार्टर फाइनलमा

हिमालखबर

ब्राजिलमा जारी विश्वकप फुटबल अन्तर्गत १७ असारमा भएको खेलमा अर्जेन्टिनाले स्विटजरल्याण्डलाई १–० ले हराउँदै अन्तिम ८ मा आफ्नो स्थान पक्का गरेको छ ।

अर्जेन्टिनी फरवर्ड लियोनेल मेसीले स्विटजरल्याण्डका खेलाडीलाई छक्काउँदै, एउटा ट्याकलबाट समेत जोगाएर दिएको पासलाई खेलको ११८ औं मिनटमा डि मारियाले गोलमा परिणत गरे ।

निर्धारित अवधिभर जम्न नसकेका मेसीले अन्तिममा आफ्नो सदाबहार कौशल प्रदर्शन गरे भने डि मारियाले त्यसमा राम्रो साथ दिए ।

निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसक्दा अधिकांश अर्जेन्टिनी समर्थकले भरिएको रंगशाला खेल अवधिभर शान्त रह्यो । खेलको अधिकांश समय बल अर्जेन्टिनाको कब्जामा रहे पनि गोल भने हुन सकिरहेको थिएन ।

यसैबीच स्विटजरल्याण्डले पाएका दुई वटा राम्राका अवसरहरुको सदुपयोग गर्न सकेन । खेलको अन्तिम समयमा स्विटजरल्याण्डले पाएको फ्रि किकमा शकिरीले प्रहार गरेको बल पोलमा ठोक्किएर फर्केको थियो त्यसलगत्तै रेफ्रीले खेल समाप्तीको सिटी बजाए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>