खेलकुदबुधबार, आषाढ १८, २०७१
बेल्जियम अमेरिकालाई हराउँदै अन्तिम आठमा
ब्राजिलमा जारी विश्वकप फुटबल अन्तर्गत १७ असार राति भएको खेलमा अतिरिक्त समयमा गोल गर्दै बेल्जियमले अमेरिकालाई हराएको छ ।
क्वार्टर फाइनलमा बेल्जियमले अर्जेन्टिनाको सामना गर्नुपर्ने छ ।
अतिरिक्त समयको ९३ औं मिनटमा बेल्जियमका डि ब्रुइनले गोल गरेर खाता खोले भने १०५ औं मिनटमा लुकाकुले अर्को गोल थप्दै टोलीलाई २–० को अग्रता दिलाए ।
त्यसलगत्तै अमेरिकाका ग्रिनले गोल गरेर खेललाई रोमाञ्चक बनाए । त्यसपछि पनि आएका मौका सदुपयोग गर्न नसक्दा अमेरिकाको विश्वकप यात्रा क्वार्टरफाइनसम्म पुग्न सकेन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
