थप समाचारबुधबार, आषाढ १८, २०७१

घरमा आगो लगाई दम्पतीद्वारा आत्महत्या

हिमालखबर

प्यूठान कोलाम्पाका ५४ वर्षीय शिवराम राउत र ५० वर्षीया छुमा राउतले आपसी विवाद हुँदा घरमा आगो लगाई घरभित्र नै झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

श्रीमती छुमाको केही वर्षदेखि मानसिक सन्तुलन असामान्य भएको र श्रीमान् शिवरामले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीय सुरज विकले जानकारी दिए ।

घरमा आगो लागेपछि स्थानीयले आगो निभाउने क्रममा दम्पतीलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान जारी रहेको भन्दै प्रहरी प्रमुख दीपक रेग्मीले अहिलेसम्म घरायसी विवादको कारण घटना भएको पाइएको बताए ।

राउत दम्पतीका छोरा मैते राउत रोजगारीको सिलसिलामा भारतमा छन् । घरमा बुहारी मिनी र नाति भए पनि बुहारी माइत गएको समयमा घटना भएको स्थानीय कमला सुवेदीले जानकारी दिइन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>