थप समाचारबुधबार, आषाढ १८, २०७१

एमाओवादी मकवानपुरमा दाहाल र भट्टराई पक्षका बेग्लबेग्लै कमिटी घोषणा

हिमालखबर

नेकपा माओवादीको मकवान जिल्ला कमिटीको अध्यक्षमा पुष्पकमल दाहाल र बाबुराम भट्टराई पक्षले आ–आफ्नै दाबी राखेपछि दुबैपक्षले बेग्लाबेग्लै कमिटी गठन गरेका छन् ।

दाहाल पक्षले प्रेमबहादुर पुलामी छिन्तुको नेतृत्वमा र भट्टराई पक्षले प्रल्हाद लामिछानेको अध्यक्षतामा कमिटी गठन गरेका हुन् ।

१८ असारमा हेटौडामा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर दुबै पक्षले आफूहरु नै आधिकारिक भएको दाबीसहित अन्य पदाधिकारीका नाम पनि घोषणा गरे ।

३९ सदस्यीय जिल्ला कमिटी दुई महिना अघि नै गठन भएपनि पदाधिकारी चयनका लागि सहमति हुन सकेको थिएन ।

सुरजकुमार भुजेल, मकवानपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>