थप समाचारबिहीबार, आषाढ १९, २०७१
खोलामा युवतीको शव फेला
पर्साको मधुवन मथवलकी २२ वर्षीया सुमनदास थरुनीको शव कोइलाभार नजिक खोलामा घाँटीमा सल बेरिएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
युवतीको मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बलात्कारको आरोपमा युवक पक्राउ
वीरगञ्जको मूर्ली– १५ की १५ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा पर्सा प्रहरीले सन्तोषकुमार साह सुढीलाई पक्राउ गरेको छ ।
धनुषाको जिथिलेश्वर– ७ बस्ने सन्तोषकुमारले बीरगञ्जको छपकैया स्थित आफनो डेरामा ३ देखि १७ असारसम्म पटकपटक १५ वर्षीया किशोरीको बलात्कार गरेको उनका अभिभावकको उजुरीका आधारमा प्रहरीले सन्तोषकुमारलाई पक्राउ गरेको हो ।
बिम्मी शर्मा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
