Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एन्टिबायटिकः रेसिस्टेन्सको समस्या - Himalkhabar.com

टिप्पणीबिहीबार, आषाढ १९, २०७१

एन्टिबायटिकः रेसिस्टेन्सको समस्या

sameermani dixit

‘एन्टिबायोटिक रेसिस्टेन्स’ अहिले विश्वमा ठूलो समस्या बनेको छ। एचआईभी, मलेरिया, टीबी जस्तै बनेको यो समस्याबाट धेरैको मृत्यु हुन्छ। विज्ञहरूका अनुसार, यो समस्याको समाधानमा तत्काल नलागे भयावह परिणाम आउन सक्छ।

कीटाणु (मुख्यतः व्याक्टेरिया) ले मानव शरीरमा संक्रमण गर्नु नौलो होइन। थुप्रै कीटाणु त मानव शरीरमा जन्मँदादेखि नै हुन्छन्। त्यस्ता कीटाणुको खाना पचाउन विशेष भूमिका हुन्छ। ती कीटाणु नहुँदा हाम्रो पाचन प्रणाली ध्वस्त हुन पनि सक्छ। केही कीटाणु चाहिं सामान्यतया खतरा नपुर्‍याउने प्रकारका भए पनि प्रतिकूल अवस्थामा शत्रुमा परिणत हुने औसरवादी हुन्छन्। शल्यक्रिया पश्चात् हुने इन्फेक्सन यस्तै कीटाणुका कारण हुन्छ।

एन्टिबायोटिकको महत्व

मानव शरीरमा रोग ल्याउने कीटाणु भने बाहिरबाट आउँछन्, खासगरी माटो, दूषित पानी, खाद्य पदार्थ तथा शल्यक्रियामा प्रयोग हुने उपकरणबाट। एक जनाबाट अर्काेमा पनि कीटाणु पस्न सक्छन्– खाना, यौनक्रिया, श्वासप्रश्वास र प्रयोग गरिएका सिरिन्जबाट। नचिनेका कीटाणु विरुद्ध प्रतिरोध गर्न शरीरलाई दुई दिनदेखि एक सातासम्म समय लाग्छ। सामान्य अवस्थामा त्यो अवधिमा त्यस्ता कीटाणुलाई मारेर शरीर आफैं स्वस्थ बन्छ। तर कहिलेकाहीं भने शरीरको प्रतिरोधात्मक प्रणालीलाई कीटाणुसँग लड्न गाह्रो पर्छ। धेरै रोग लाग्दा, बालक वा वृद्ध अवस्थामा तथा अन्य रोगका कारण प्रतिरोधात्मक प्रणाली कमजोर हुँदा त्यस्तो हुन्छ। एन्टिबायोटिकको सहयोग चाहिने त्यस्तै वेला हो।

एन्टिबायोटिकले कीटाणुका गतिविधि रोक्छ। कुन कीटाणुलाई कुन एन्टिबायोटिक दिएर तह लगाउने भन्ने निर्णय चिकित्सकले गर्छन्। सही एन्टिबायोटिक प्रयोग हुँदा एक साताभित्र कीटाणु मारिन्छन्। एन्टिबायोटिकलाई औषधिमा प्रयोग गर्ने विचार वैज्ञानिक अलेक्जेन्डर फ्लेमिङले ल्याएका हुन्। उनले सन् १९२७ मा पेन्सिलिन (पहिलो एन्टिबायोटिक) को नामकरण गर्दा चिकित्सकजगत त्यति उत्साहित बनेको थिएन। तर पछि अरू वैज्ञानिकले पनि यसको महत्व बुझ्ेपछि १९४५ देखि यसको व्यावसायिक उत्पादन र प्रयोग शुरू भयो। त्यसपछि व्यापक रूपमा प्रयोग हुन थालेको एन्टिबायोटिकले धेरैको ज्यान बचाए पनि पछिल्लो समय भने यसैले ज्यान लिन थालेको छ।

एन्टिबायोटिक धेरै प्रयोग गर्दा नकारात्मक प्रभावस्वरुप कीटाणुको प्रतिरोधात्मक शक्ति बढाउँछ। कीटाणुले यससँग बच्ने र प्रतिरोध गर्ने तरीका सिक्न थाल्छन्। लामो समयको अभ्यासबाट अहिले कीटाणु एन्टिबायोटिकको प्रतिरोध गर्न सक्ने बनेका छन्।

शुरूमा यस्ता कीटाणु विकसित देशहरूमा देखिए। तर, पछिल्लो समय यस्ता कीटाणु अल्पविकसित देशहरूमा पनि देखिन थालेका छन्। नेपालमा यस्ता कीटाणु देखिएको १० वर्ष भयो। विश्व स्वास्थ्य संगठनले दुई महीनाअघि यो समस्या समाधान गर्न कदम नचाल्ने हो भने जनस्वास्थ्यमा ठूलो असर पार्ने बताएको थियो।

मासु तथा दूध दिने जनावरहरूमा एन्टिबायोटिक प्रयोग हुनुले अर्काे खतरा निम्त्याउन सक्छ। कुखुरामा एन्टिबायोटिक प्रयोगले ल्याउन सक्ने खतराबारे हिमाल ले आवरणमै छापेको थियो। यसरी एन्टिबायोटिक खुवाउँदा कुखुरा स्वस्थ र ठूलो भएर किसानलाई फाइदा भए पनि कुखुराको मासु, श्वासप्रश्वास र सुलीबाट एन्टिबायोटिक रेसिस्टेन्स कीटाणु मानव शरीरमा छिर्न सक्ने खतरा छ। ती कीटाणु प्रवेश गरेमा मानव शरीरको प्रतिरोधात्मक प्रणालीलाई प्रतिरोध गर्न गाह्रो पर्छ।

समाधानको उपाय

यो समस्याको समाधानका लागि एन्टिबायोटिकको प्रयोग घटाउनुपर्छ। ५० वर्षयता ज्वरो आउँदा र पेट दुख्दा समेत यसको प्रयोग गर्न थालिएको छ। विकसित देशहरूमा अहिले चिकित्सकको सिफारिशमा मात्र यसको प्रयोग गरिन्छ। तर, सानै उमेरदेखि यसको प्रयोग गरिने हुनाले ५० वर्ष नपुग्दै एन्टिबायोटिक रेसिस्टेन्सको समस्या देखिन थाल्छ। नेपाल जस्तो देशमा एन्टिबायोटिकको बिक्री र प्रयोगमा कडा नियम नभएकोले जो–कोहीले प्रयोग गर्न सक्छन्।

त्यसैले मुलुकमा भित्रिने एन्टिबायोटिकको जाँच गर्ने र चिकित्सकको सिफारिश बिना प्रयोगमा रोक लगाउनु पर्छ। जनावर र पक्षीमा पनि एन्टिबायोटिक प्रयोग घटाउनु आवश्यक छ। कुन अवस्थामा यसको प्रयोग गर्ने तथा प्रयोग गर्ने अनुमति कसले दिने जस्ता विषय किटेर नियम र कानून बनाउनु पर्छ। एन्टिबायोटिकको साटो प्रो–बायोटिक (स्वास्थ्यलाई हानि नगर्ने कीटाणु) र अन्य औषधि प्रयोग गर्ने विकल्प पनि अपनाउनु उपयुक्त हुन्छ।

अहिले ‘ग्लोबल एन्टिबायोटिक रेसिस्टेन्स पार्टनरसीप नेपाल’ नामक विश्वव्यापी कार्यक्रमले पनि यो समस्यालाई नजिकबाट हेर्दैछ। यसले यो विषयसँग सम्बन्धित सरकारी र गैरसरकारी निकायहरूसँग मिलेर समस्या समाधान गर्न अनुसन्धान पनि गर्दैछ। सबैले एकीकृत रूपमा प्रयास गर्ने हो भने यो समस्या समाधान गर्न नसकिने प्रकारको पनि छैन।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>