Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मेशीनसँग महिला - Himalkhabar.com

थप समाचारबिहीबार, आषाढ १९, २०७१

मेशीनसँग महिला

हिमालखबर

– दीपक ज्ञवाली, बुटवल

शर्मिलाकुमारी शर्मा र धनकुमारी गुरुङ। नवलपरासीको देवचुलीमा आल्मुनियम फेब्रिकेटर सिक्दै। तस्वीरहरुः दीपक ज्ञवाली

नेपाली महिलाले जनआन्दोलन २०६२/६३ पछि सीपमूलक क्षेत्रमा बढी आत्मविश्वास देखाएका छन्। स्वीस इन्टर को–अपरेशन (हेल्भेटास) का टीम लीडर बलराम पौडेल २०६३ पछि जोखिमपूर्ण काममा महिला सहभागिता निकै उत्साहजनक रूपमा बढेको बताउँछन्। “२०६३–२०७० को अवधिमा हेल्भेटासले नै ४१ हजार ५४३ महिलालाई प्राविधिक तालीम दिएको छ”, पौडेल भन्छन्, “त्यसअघि यस्तो तालीममा बोलाउँदा यो त पुरुषले गर्ने काम भन्दै महिला पन्छिन्थे।”

हुन पनि, तीन जिल्लाका प्राविधिक शिक्षालयहरू गएर हेर्दा फेरिएको परिदृश्य देखियो। यो सम्वाददाता नवलपरासीको देवचुली नगरपालिका–११ मा रहेको पिस प्राविधिक केन्द्रमा पुग्दा गाउँकै शर्मिलाकुमारी शर्मा (३२) र धनकुमारी खनाल (३१) हेल्मेट, एप्रोन, ठूलो चश्मा र पञ्जा लगाएर आल्मुनियम कटर चलाइरहेका थिए। धनकुमारीले भनिन्, “अब सके आफैं आल्मुनियमका सामान बनाउने पसल खोल्ने हो, नसके ठेक्का लिएर काम गर्ने।”

बुटवलमा मेकानिकल फिटर सिक्दै मीना बिक र कृष्णाकुमारी।

ज्योति चौधरी, रामकृष्णी थारू र मीनाकुमारी थारू। कपिलवस्तु गजेहडामा प्लम्बिङ सिक्दै।

यता, बुटवलको टेक्निकल इन्ष्टिच्युटमा बाग्लुङ रायडाँडा–९ की कृष्णाकुमारी थापा मेकानिकल फीडर तालीम लिइरहेकी छन्। फलाम पिट्ने, घोट्ने र काट्नेमा उनको उत्साह अरूलाई पनि जाँगर चलाउने खालको छ। एक्ली आमाको सहारा बनेकी कृष्णाले परिवारको दुःख टार्न यो कामको कठोरता बुझेरै आएको बताइन्। कृष्णासँगै फलामको काम सिकिरहेकी देवदह–९, रूपन्देहीकी मीना बिक (२७) ले भनिन्, “मान्छेहरू केटीले यस्तो काम गर्न सक्दैनन् भन्थे, तर हामी मज्जैले गरिरहेका छौं।”

खुश्बू महतो र अन्य। नवलपरासीको कल्हुवामा व्यावसायिक च्याउखेती सिक्दै।

मीना अर्याल, रीता कुमाल र अनिता सुवेदी। बुटवलमा विल्डिङ इलेक्ट्रिकल सिक्दै।

बुटवल टेक्निकल इन्ष्टिच्युटमा रूपन्देही दूधराक्षकी मीना अर्याल (२०), रीता कुमाल (१९)र अनिता सुवेदी (२०) ले पनि बिल्डिङ इलेक्ट्रिकल तालीम लिइरहेका छन्।

संगीता चौधरी। कपिलवस्तु महेन्द्रकोट भेलाईमा हाउस वायरिङ सिक्दै।

उता, महेन्द्रकोट–८ कपिलवस्तुकी संगीता चौधरी (२८) हाउस वायरिङ सिकिरहेकी छन्। महेन्द्रकोटको भेलाई गाउँमा संगीता सहित २२ जनालाई यस्तो प्राविधिक तालीम दिने प्रशिक्षक पनि थारू समुदायकै बसन्ती थारू हुन्। “काममा भेदभाव हुन्न”, तालीमेमध्ये एक्ली महिला

संगीताले भनिन्, “महिलाले पनि पुरुषले जत्तिकै काम गर्न र कमाउन सकिन्छ भन्ने उदाहरण बसन्ती दिदी छँदैछिन्।”

यसैगरी, कपिलवस्तु गजेहडा–१ मा प्लम्बिङ तालीम लिइरहेका ज्योति चौधरी (१९) रामकृष्णी थारू (२१) र मीनाकुमारी थारू (३१) ले अब आफ्नो गाउँमा छोरी मान्छेले फिट गरेको पाइपबाट पानीको धारा र्झ्ने बताए। जेनियस मल्टी ट्रेनिङ इन्ष्टिच्युटले चलाइरहेको प्लम्बिङ तालीममा सहभागी २० मध्ये १७ जना पुरुष थिए। नवलपरासी कल्हुवाकी खुश्बू महतो भने व्यावसायिक च्याउखेती थाल्ने सोचले मल्टी स्कील नामक संस्थाको तालीम लिइरहेकी छन्। यो तालीममा सहभागी ६ जनामध्ये एक जना मात्र पुरुष छन्। तालीमपछि महिलाहरूको साझेदारीमा व्यावसायिक च्याउ खेती थाल्ने योजना रहेको खुश्बूले सुनाइन्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>