अर्थ/बजारबिहीबार, आषाढ १९, २०७१
ओटेलले ल्यायो तीब्र गतिको इन्टरनेट
ओटेलले १९ असारदेखि ब्रोड ब्याण्ड इन्टरनेट सेवा शुरु गरेको हो । ‘ब्रोड ब्याण्ड सोलुसन’ नाम दिएर ओटेलले सेवा शुरु गरेको जनाएको छ ।
१९ असारमा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ओटेलले अप्टिकल फाइबरमार्फत् इन्टरनेट सेवा प्रदान गर्ने जनाएको छ । ओटेल ब्राण्डेड राउटरमार्फत् आईपी टेलिफोनी, वाइफाइ लगायतका सेवा पनि लिन सकिने ओटेलले जनाएको छ ।
ओटेल कम्युनिकेसन प्रालीका अध्यक्ष सागर उप्रेतीले ब्रोड ब्याण्ड इन्टरनेट सेवा, कलिङ कार्ड लगायतका सुविधान प्रदान गरिने बताए । उनले ओटेलले प्रदान गर्ने इन्टरनेट सेवा तीब्र गतिको हुने पनि दावी गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
