थप समाचारशुक्रबार, आषाढ २०, २०७१
माइक्रो र ट्रक ठोक्किंदा दुईको मृत्यु
१९ असार साँझ पोखराबाट दमौलीतर्फ आउँदै गरेको लु १ ख ६७३० नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको वा ३ ख ४२ नम्बरको माइक्रोलाई ठक्कर दिँदा भएको दुर्घटनामा परी दोलखा जिल्ला भीमेश्वर नगरपालिका–१ का २३ महिनाका सत्यम श्रेष्ठ र माइक्रो चालक पनौती घर भएका ४३ वर्षीय धनसिं ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ती मध्ये बालकको घटनास्थलमै र चालक ठकुरीको उपचारका क्रममा पोखरास्थित गण्डकी अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएकामध्ये दमौलीस्थित रत्नहरि अस्पतालमा सात र पोखरामा चारजनाको उपचार भइरहेको छ । माइक्रोबसमा १५ यात्रु सवार थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
