Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
केटी जिस्काउने सेनाका तीन जवान पक्राउ - Himalkhabar.com

थप समाचारशुक्रबार, आषाढ २०, २०७१

केटी जिस्काउने सेनाका तीन जवान पक्राउ

रासस

गस्तीमा रहेका महिला प्रहरीलाई जिस्क्याउने र लजमा जाऔं भन्ने प्रदीप तामाङ, प्रमेश्वर राजवंशी, चन्द्रबहादुर तामाङ, राजन उपाध्याय र मोहम्मद हुसैनलाई इटहरी प्रहरीले १९ असार राति पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये प्रदीप, प्रमेश्वर र चन्द्रबहादुर नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीमा कार्यरत जवानहरू रहेको प्रहरी नायब उपरीक्षक विनोदकुमार शर्माले जानकारी दिए । शर्माका अनुसार जवानहरूलाई कार्वाहीको सिफारिस सहित पृतनामा बुझाइने छ ।

इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत महिला प्रहरी बिनाबर्दी रात्रि गस्तीमा निस्केका बेला उनीहरुले प्रहरीलाई नै ‘लजमा जाऔं’ भन्दै जिस्काएका थिए ।

इलाका प्रहरी कार्यालयमा कार्यरत उर्मिला प्रधान, विष्णु धमला, सीता फुयाँल, विष्णुमाया दाहाल, एशोदा कार्की, जमुना कन्दङ्वा र मञ्जु राउतको टोलीले इटहरीको चारैतिर राति ९ देखि १२ बजेसम्म गस्ती गर्दैआएका छन् ।

प्रहरी सेवा नियमावलीमा महिला प्रहरीलाई रात्रि गस्ती गर्न नलगाउने नियम भए पनि स्वतःस्फूर्त रूपमा प्रहरी नायब उपरीक्षक शर्मासँग अनुमति लिएर ती महिला प्रहरी गस्तीमा निक्लेको शर्माको दाबी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>