Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सेडा घरको कथा - Himalkhabar.com

ब्लगशुक्रबार, आषाढ २०, २०७१

सेडा घरको कथा

मिलन बगाले

सेडा घरको दक्षिण मोहडा। तस्वीरः मिलन बगाले

२००७ सालपछि नेपालमा बनेकामध्ये सबभन्दा राम्रो भवन कुन हो?

वास्तुकलाको स्नातक तह चौथो वर्षमा ‘सांस्कृतिक सम्पदा संरक्षण’ विषय पढाउने गुरु काइ वाइजेले एक दिन अनायासै सोध्नुभयो।

जवाफ विभिन्न थिए– राष्ट्रिय वाणिज्य ब्याङ्कको मुख्यालय, राष्ट्रिय सभागृह, नारायणहिटी दरबार इत्यादि। मैले भने सेडा घरको नाम लिएँ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय पुगेपिच्छे म बायाँपट्टिको आर्थिक विकास तथा प्रशासनिक अनुसन्धान केन्द्र (सेडा) को घरलाई एकछिन उभिएर नियाल्छु।

त्यसको वास्तुकलाप्रतिको सम्मान अझै जस्ताको जस्तै छ, मभित्र। अष्ट्रियाका आर्किटेक्ट तथा योजनाविद् कार्ल प्रुच्काको सिर्जना सेडा घर कुनै वेला नेपालको ‘थिङ्क ट्याङ्क’ थियो।

प्रुच्काको जादू
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा काठमाडौं उपत्यकाको गुरुयोजना तयार पार्ने कामको नेतृत्व गर्न प्रुच्का सन् १९६४ मा नेपाल आएका थिए। यहाँ बस्दा उनले उपत्यकाका सांस्कृतिक सम्पदाहरूको लगत समेत तयार पारेर पुस्तकको रूपमा प्रकाशित गरे।

प्रुच्काको गुरुयोजना र त्यो पुस्तकले काठमाडौंका सम्पदालाई विश्व सम्पदा सूचीमा पार्न ठूलो मद्दत गर्योय। उनले गुरुयोजना बनाउने काम सकिएपछि त्रिविवि केन्द्रीय क्याम्पस परिसरमा बन्ने सेडा भवनको डिजाइन गरेका थिए।

काठमाडौं बस्दा उनले पाएको सामाजिक, सांस्कृतिक र वास्तु सभ्यताको ज्ञानलाई सेडा भवनको डिजाइनमा उतारेका थिए– गरा―गरा परेको धानखेत छेउमा तहतह परेको छाना सहितको आठतले भवनको डिजाइन मार्फत। जस्तो जमीन उस्तै घर, कति सुन्दर!

आर्किटेक्ट कार्ल प्रुच्का। www. cpruscha.com

डोजरले जमीन सम्याएर चारपाटे घर बनाउने चलन निकै चलेको छ, अहिले। प्रुच्काले भने प्रकृतिको शैली सुहाउँदो डिजाइन दिए। उनले बाहिरबाट ईंटा देखिने रैथाने वास्तुलाई पछ्याएका थिए।

रंगरोगन र प्लाष्टर नगरिकन ईंटाकै भित्ता देखिने शैलीले भवनको सुन्दरता बढाएको छ। उनले चारपाटे, तीनकुने र गोलाकार आकृति जोडेर भवनको फ्लोर प्लान बनाए। तह तह परेको छानाबाट भवन भित्र भित्र उज्यालो छिर्छ।

सन् १९६९ बाट सञ्चालनमा आएको सेडामा अध्ययन– अनुसन्धान लगायत सरकारका उच्च अधिकारीलाई प्रशासनिक तालीम दिने काम हुन्थे। राष्ट्रिय―अन्तर्राष्ट्रिय गोष्ठी तथा प्रवचन पनि भइरहन्थे। भव्य भवनभित्रको विद्वत् सभ्यता सधैं चर्चामा रहन्थ्यो।

अधिकृतको रूपमा त्यहाँ काम गरेका किरणदत्त तेवारी त्यतिवेला सेडासँग जोडिनु निकै गर्वको विषय हुने गरेको बताउँछन्। उनका अनुसार, त्यतिवेलाको काठमाडौंमा अमृत साइन्स क्याम्पसको होस्टेल, त्रिविवि शिक्षाशास्त्र संकायको भवन र सेडा घर विशेष थिए।

राणा वास्तुशैली हराएर भित्रिएका यी नौला भवनमध्ये पनि सबभन्दा विशेष सेडा नै थियो। प्रुच्काले यसमा काठमाडौंको समृद्ध रैथाने वास्तुशैली र सामग्रीको जादू देखाएका थिए।

निख्रि‌दै सभ्यता
बाहिरी रूपमा सेडा भवनको भव्यता कायम रहे पनि वैशाख अन्तिम साता यसको भित्री खण्ड नियाल्दा खण्डहर बन्ने क्रममा देखियो। यसले सरसफाई, मर्मत, जतन केही पाएको छैन, सबै असरल्ल र भद्रगोल छ।

यसको सभ्यता सकिनाले भव्यता पनि मासिन थालेछ। सेडाले आजकल कर्मचारीलाई तलब खुवाउने बाहेक केही गर्न नसक्दो रहेछ।

सरकारबाट पाउने वार्षिक एक करोड १० लाख बजेट तलबमा ठिक्क हुँदोरहेछ। यसका प्रमुख र विभागीय प्रमुखहरूको नियुक्तिको चाबी नेताको हातमा पुगेको रहेछ।

समग्रमा सेडा सिद्धिन लागेको छ, बाहिरी भव्यताले धान्नेवाला छैन। यसलाई आत्मासहितको शरीर बनाउन पहल गर्नेहरूको जय होस्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>