खेलकुदशनिबार, आषाढ २१, २०७१

ब्राजील र जर्मनी सेमिफाइनलमा भिड्ने

हिमालखबर

ब्राजीलले कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गरेर सेमिफाइनल यात्रा तय गरेको हो । ब्राजीलका लागि खेलेको सातौं मिनेटमा सिल्भा र ६९ औं मिनेटमा डेभिड लुईजले गोल गरे ।

कोलम्बियाका लागि जेम्स रोडिगेजले पेनाल्टी मार्फत ८० औं मिनेटमा गोल गरे । प्रतियोगितामा सबैभन्दा बढी गोल गरेका रोडिगेजको यो छैटौं व्यक्तिगत गोल हो ।
यसअघिको खेलमा फ्रान्सलाई १–० ले पराजित गरेर जर्मनीले सेमिफाइनल यात्रा तय गरेको छ । जर्मनीका ह्युमेल्सले निर्णायक गोल गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...