थप समाचारशनिबार, आषाढ २१, २०७१
चार युवतीको उद्धार
सशस्त्र प्रहरीको सहयोगमा शान्ति पुनःस्थापना गृह कैलालीले भारततर्फ लगिंदै गरिएका चार युवतीहरुको उद्धार गरेको छ ।
उद्धार गरिएका युवतीमा भोजपुर जिल्ला जरायोटार गाविसका तीन र मकवानपुर सहरीखेत गाविसकी एक युवती रहेको शान्ति पुनःस्थापना गृह कैलाली कार्यक्रम संयोजक बासुदेव भट्टराईले बताए ।
कास्की सिद्ध गाविसकी दुर्गादेवी मल्लले ललाइफकाइ उनीहरुलाई पश्चिमी सीमा नाका गड्डा चौकीको बाटोहँुदै भारततर्फ लैजान लागेको विशेष सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक अनिल शाहीको सक्रियतामा चार युवतीको उद्धार गरिएको हो ।
बुटवलबाट महेन्द्रनगरका लागि छुटेको बसमा लैजाँदै गरिएको अवस्थामा उद्धार गरिएका उनीहरुलाई शान्ति पुनःस्थापना गृहको संरक्षणमा राखिएको छ ।
उनीहरुलाई कुवेतमा लैजाने योजना बनाएको गिरोह भने खुल्न नसकेको जनाइएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
