Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
घाइते नेइमार विश्वकपबाट बाहिरिए - Himalkhabar.com

खेलकुदशनिबार, आषाढ २१, २०७१

घाइते नेइमार विश्वकपबाट बाहिरिए

हिमालखबर

तस्वीर: एपी

ब्राजिलमा जारी विश्वकप फुटबलको दोस्रो क्वार्टर फाइनलमा ब्राजिलले कोलम्बियालाई २–१ ले हराएर सेमिफाइनलमा त पुग्न सफल भयो तर यसै खेलमा स्ट्राइकर नेइमार घाइते भए ।

कोलम्बियाका खेलाडी जुआन जुनिगाले नेइमारको ढाडमा चोट लागेपछि उनी घाइते भएका हुन् ।

“पछिल्ला तीन खेलहरुमा नेइमारमाथि प्रहार भइरहेकाले ऊ घाइते हुने संभावना पहिलेदेखि नै थियो,”ब्रजीलीयन टोलीका प्रशिक्षक लुइस फिलिप स्कोलारीले भनेका छन् ।

टोलीका चिकित्सक रोड्रिगो लेसमारले स्थानीय टेलिभिजनसँगको कुराकानीमा भने, “उनी खेल्न सक्ने अवस्थामा छैनन्, यो ठूलो दुर्भाग्य हो ।”

तस्वीर: एएफपी

यद्दपी २२ वर्षीय नेइमारको अवस्था धेरै गम्भीर भने होइन किनभने उनलाई कुनै प्रकारको शल्यक्रिया गराउनु पर्ने छैन तर, यो चोटबाट मुक्त हुन उनले केही दिन  हलचल नगरी  ‘बेड रेष्ट’ गर्नु पर्ने छ ।

फिफा विश्वकप–२०१४ का अहिलेसम्मका सबै ५ खेल खेलेका नेइमारले ४ गोल गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>