अर्थ/बजारसोमबार, आश्विन १, २०६९
जनमैत्री अस्पतालमा नयाँ व्यवस्थापन
बन्द हुने अवस्थामा पुगेको अस्पताल नोबेल मेडिकल कलेजका पूर्व अध्यक्ष खगेन्द्रप्रसाद न्यौपानेको टोलीले १४ फागुनदेखि लिएको हो। अस्पतालको नाम परिवर्तन गरी आयुष्मान मेडिकल कलेज तथा शिक्षण अस्पताल बनाउने नयाँ टीमको योजना छ।
माओवादी नेता जनार्दन शर्माका पाँच जना आफन्त र कार्यकर्ताको नाममा ट्रष्टको रूपमा सञ्चालित अस्पताललाई तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले आर्थिक वर्ष २०६५/६६ मा रु.१ करोड रकम दिएका थिए। सरकारबाट हटेकै दिन २०६६ वैशाख २१ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले उक्त रकम दिने निर्णय गरेको थियो। अर्थ संकलनका लागि लगाइएको श्रीमद्भागवत महापुराणमा पनि सरकारले सो अस्पताललाई सरकारी स्वामित्वको जितपुर फेदीको ८६ रोपनी जमिन दिएको थियो। तर पनि उपचारका लागि बिरामी नआएपछि एमाओवादीले अस्पताल बिक्री गरेको हो।
अस्पतालको ११ वटा ब्याङ्कको रु.२२ करोड कर्जा आफूले तिर्ने गरी लिएको नयाँ व्यवस्थापनले जनाएको छ। माओवादीले पनि सो ऋण आफूले तिर्ने गरी अघिल्ला सञ्चालकबाट अस्पतालको स्वामित्व लिएको थियो। तर, माओवादीले ब्याङ्कलाई एक रुपैयाँसमेत तिर्न नसकेपछि उक्त ऋण खराब कर्जामा परिणत भएको छ।
ब्याङ्कलाई केही पैसा तिरेर कर्जा पुनः वर्गीकृत गर्ने र अस्पतालमा मेडिकल कलेज सञ्चालन गर्ने नयाँ व्यवस्थापनको लक्ष्य छ। त्यसकै लागि अस्पतालले असोजभित्र १०० शैच्चया थप गर्ने जनाएको छ। शैच्चया विस्तार र अस्पताल पुनर्निर्माणमा रु.३० करोड लगानी गर्ने सञ्चालक समितिको योजना छ। कमजोर आय भएका सर्वसाधारणलाई सेवा दिन निश्चित शैच्चया कोटा छुट्याइने अध्यक्ष न्यौपाने बताउँछन्। विदेशबाट विज्ञहरूको टीम झिकाएर गम्भीर प्रकारका रोगको उपचार स्वदेशमै गराउने योजना बनाएको अस्पतालले हाल ६० जना वरिष्ठ डाक्टरलाई कन्सल्ट्यान्ट नियुक्त गरिसकेको जनाएको छ। अहिले दैनिक औसत ३०० जनालाई बहिरङ्ग सेवा दिएको तथा अन्तरङ्ग सेवा अन्तर्गत ५० देखि ६० प्रतिशत शैच्चया ‘अकुपेन्सी’ रहेको प्रबन्ध निर्देशक आदित्यकुमार खनाल बताउँछन्। मेडिकल कलेजका लागि शिक्षा मन्त्रालयबाट स्वीकृति अन्तिम चरणमा पुगेको र अब छिट्टै त्रिभुवन वा काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिने उनी बताउँछन्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
