खेलकुदआइतबार, आषाढ २२, २०७१

अर्जेन्टिना बेल्जियमलाई हराउँदै सेमी फाइनलमा

हिमालखबर

तस्वीर:एएफपी

ब्राजिलमा जारी विश्वकप फुटबल अन्तर्गत २१ असार राति भएको खेलमा बेल्जियमलाई १–० ले हराउँदै अर्जेन्टिना २४ वर्षपछि विश्वकप सेमी फाइनलमा पुगेको छ ।

डि मारियाले दिएको पासलाई खेलको ८ औं मिनेटमा १५ यार्डबाटै हानेर हिगुइनले गोल गरे र यही गोल नै निर्णायक गोल बन्न पुग्यो । यसअघि सन् १९९० मा अर्जेन्टिना सेमी फाइनलमा पुगेको थियो ।

बेल्जियमका खेलाडी लियोनेल मेसीबाट बल खोस्ने प्रयासमा । तस्वीर: एएफपी

खेल अवधिभर दबाब बनाइराखेको अर्जेन्टिनाविरुद्ध बेल्जियमका खेलाडी केही उत्कृष्ट मुभ बनाए पनि बललाई जाली चुमाउन सकेनन् ।

खेलमा अर्जेन्टिनाको एकपटक र बेल्जियमको ६ पटक अफसाइड भएका थिए । त्यस्तै कर्नर किक प्रहारको अवसर बेल्जियमले ३ र अर्जेन्टिनाले ४ वटा पाए । बल पोजेशन अर्जेन्टिनाको ५४ प्रतिशत र बेल्जियमको ४५ प्रतिशत रह्यो ।

जीतको खुशी मनाउँदै अर्जेन्टिनी खेलाडीहरु । तस्वीर: रोयटर्स

ब्राजिल र अर्जेन्टिना दुबै सेमी फाइनलमा पुगेको यो विश्वकपको इतिहासमै पहिलो पटक हो ।

बेल्जियम विरुद्ध गोल गरेपछि हिगुइन । तस्वीर: एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...