थप समाचारआइतबार, आषाढ २२, २०७१

बञ्चरो प्रहार गरी बुहारी र भतिजको हत्या

हिमालखबर

सप्तरीको मल्हनियाँ–२ का ५० वर्षीय रामेश्वर यादवले आफ्ना भाई कामेश्वरकी पत्नी रीतादेवी र छोरा १२ बर्षीय मनिष यादवको हत्या गरेका छन् ।

प्रहरीका अनुसार घरभित्रै बसिरहेका आमा छोरालाई भाई कामेश्वर घरमा नभएको मौका पारी रामेश्वरले २२ असार बिहान ११ बजे कोदालो र बञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।

हत्याको कारण खुल्न नसके पनि अंश विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले रामेश्वरलाई नियन्त्रणमा लिएको छ भने मृतकको शवलाई पोष्टमार्टमका लागि सगरमाथा अञ्चल अस्पताल राजविराज लगिएको छ ।
श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>