थप समाचारमंगलबार, आषाढ २४, २०७१
एमाले महाधिवेशनः दुई समूहका नाराबाजी र नाच–गान
नेपाल समूहका कार्यकर्ता नेपाल पर्यटन बोर्डको कार्यालय अगाडि र ओली निकटका कार्यकर्ता विश्वभाषा क्याम्पस अगाडि केन्द्रित भएर नाच–गान र नाराबाजी गरिरहेका छन् ।
उनीहरुले पोशाक र टोपीमा आफ्ना समूहका नेताको तस्बिर पनि समावेश गरेका छन् जसका कारण जनसहभागिता पनि सो स्थलमा बढ्दो छ ।
दुवै पक्षबीचको सम्भावित भिडन्तलाई ध्यानमा राखेर प्रहरीले कडा सुरक्षा दिइरहेको छ । प्रदर्शनीमार्गमा सवारी साधनलाई आवागमनमा निधेष गरिएको छ ।
स्यवम्सेवक नै पक्ष/विपक्षमा लागेपछि…
अधिवेशनका लागि खटिएका पार्टीका स्वयम्सेवक नै समूहगत पक्ष विपक्षमा लागेपछि उनीहरुलाई २५ असारदेखि बिदा दिइने भएको छ ।
बन्दसत्रका अन्य गतिविधि सकिएर निर्वाचनको तयारी भइरहेकाले पनि पार्टीका स्वयम्सेवकलाई भोलिदेखि हटाउने निर्णय अध्यक्ष मण्डलले गरेको हो । निर्वाचनका समयमा बन्दसत्रको सुरक्षा राज्यका सुरक्षा निकायले गर्ने एमालेको पूर्ववत् तयारी थियो ।
पार्टीको सहयोगी काममा खटिएका स्वयम्सेवक पक्ष र विपक्षमा प्रचारबाजी गर्नसमेत जुटेको देखिएकाले उनीहरुलाई महाधिवेशन स्थलभित्र प्रवेश नगराइने पनिे सुरक्षा उपसमितिका संयोजक विष्णु पौडेलले जानकारी दिए ।
एमालेले महाधिवेशनमा २३० स्वयम्सेवक खटाएको छ । कतिपय स्वयम्सेवक आफ्नो अनुकूलतामा पार्टीले दिएको पोशाक प्रयोग नगरी समूहको प्रचारमा हिँड्ने गरेका देखिन्छन् भने कतिपय स्वयम्सेवक आफ्नो समूहका पक्षमा सञ्चारकर्मी र प्रतिनिधिलाई प्रभावित गर्न पनि तम्सिएका छन्
।
अध्यक्ष मण्डलले जारी गरेको आचारसंहितामा बन्दसत्र स्थलमा कुनै पक्षको प्रचार सामग्री वितरण गर्न र प्रचार गर्न नपाइने उल्लेख छ ।
विधान संशोधनले रोकियो प्यानल घोषणा
नयाँ नेतृत्वका लागि समहतिको प्रयास असफल हुँदै गर्दा नेपाल र ओली समूहले आफ्ना पदाधिकारी र केन्द्रीय सदस्यका प्यानल निर्माणको तयारी गरिरहेका छन् ।
तर बन्दसत्रबाट विधान संशोधन हुन बाँकी रहेकाले एकमुष्ट प्यानल बन्न सकिरहेको छैन । विधान संशोधनको प्रस्ताव विद्यमान पदाधिकारीको सङ्ख्या बढाएर १५ बनाउने र केन्द्रीय कमिटीको सङ्ख्या १४९ बनाउने उल्लेख छ ।
उक्त प्रस्ताव कुन रुपमा पारित हुन्छ भन्ने निक्र्योल नहुँदा कुन पदमा कुन समूहले कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय हुन सकेको छैन ।
समूहगत छलफल जारी
महाधिवेशनको छैटाँै दिन आज पनि समूहगत छलफलको प्रस्तुति भइरहेको छ । सोमबार १० समूहले आफ्नो प्रस्तुति गरेका थिए भने आज बाँकी समूहको प्रस्तुति भइरहेको छ ।
बन्दसत्रमा प्रस्तुति सकिएपछि प्रतिवेदन प्रस्तुतकर्ता नेताले जवाफ दिने र त्यसलाई पारित गरिएपछि निर्वाचनको कार्यक्रम प्रारम्भ हुनेछ । बन्दसत्रमा १९ समूह गठन गरिएको थियो ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
