थप समाचारमंगलबार, आषाढ २४, २०७१
धनकुटामा ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु
धनकुटाको मुगाबाट पाख्रीबासतर्फ आउँदै गरेको को १ च ८१२१ नम्बरको ट्रयाक्टर २४ असार बिहीबार बिहान दुर्घटना भएको छ ।
दुर्घटनामा परी ट्रयाक्टर चालक पाख्रीबास–६ का ३२ बर्षिय अर्जुन कटुवालको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ट्रयाक्टर पल्टिएर गंभिर घाईते भएका कटुवालको उपचारका लागि जिल्ला अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको हो ।
कच्ची सडकमा अनियन्त्रीत भई ट्याक्टर पल्टिएको हुन सक्ने ट्राफिक प्रहरीको अनुमान छ । मृतकको सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईदैछ । ट्याक्टर कच्ची सडकबाट करिव १५ फिट तल खसेको छ ।
सन्तोष रुचाल, धनकुटा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
