Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हामी नेइमारका लागि खेल्नेछौः स्कोलारी - Himalkhabar.com

खेलकुदमंगलबार, आषाढ २४, २०७१

हामी नेइमारका लागि खेल्नेछौः स्कोलारी

हिमालखबर

नेपाली समय अनुसार २४ असार राति १:४५ बजे ब्राजिलको इस्टाडियो मिनेइरो रंगशालामा हुने सेमिफाइनल खेलमा घरेलु टीम ब्राजिल जर्मनीसँग स्टार खेलाडी नेइमारबिना उत्रदैछ ।

टोलीका प्रमुख खेलाडी घाइते भएर विश्वकपबाट बाहिरिएपछि ब्राजिली टोलीका सदस्य साथै विश्वभर रहेका प्रशंसकहरु नेयमारबिना टीमलाई अगाडि बढ्न गाह्रो हुने भन्दै निराश भएका थिए । तर प्रशिक्षक स्कोलारीले भने ब्राजिली टोलीले नेयमारकै लागि खेल्ने र फाइनलमा पुग्ने दाबी गरेका छन् ।

“हामी हाम्रालागि मात्र खेलिरहेका हुनेछैनौं, देशकै सपना पूरा गर्ने जिम्मेवारीका साथ मैदानमा उत्रनेछौ,” बेलोहोरिजोन्टेमा पत्रकारहसँग कुरा गर्दै स्कोलारीले भने, “नेइमारको विश्वकप जित्ने इच्छा पनि पूरा गर्नेछौं ।”

अबको खेल नेइमारप्रति समर्पित हुने भन्दै स्कोलारीले सबै खाले निराशालाई पछाडि छोडेर टोली अब खेलमा मात्र केन्द्रित भएको बताए ।

“नेइमारको ठाउँमा अन्य खेलाडीहरुलाई ल्याउने छलफल भए पनि मिडफिल्डर विलियन र फरवार्ड बर्नाडमध्ये एकको बढी संम्भावना रहेको स्कोलारीको भनाई थियो ।

उनले भने, “नेइमार संसारकै उत्कृष्टमध्येका खेलाडी हुन् । तर टोलीमा २२ जना नै उत्तिकै महत्वपूर्ण छन् ।”
उनले जर्मन रणनीतिको अध्ययन गरी टोलीका लागि नयाँ रणनीति तयार गरेको पनि बताएका थिए ।

एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>