थप समाचारमंगलबार, आषाढ २४, २०७१

नेपाली नक्कली नोट सहित दुई पक्राउ

हिमालखबर

इलाका प्रहरी कार्यालय सिमराको टोलीले गढीमाई– ७ मा ना १२ प ९६५ नं. को मोटरसाइकलमा सवार दुई व्यक्तिलाई शंका लागि जाँच गर्दा उनीहरुसँग १ लाख ५० हजारको नक्कली रुपैयाँ बरामद गरेको छ ।

प्रहरीले पर्सा बैरियाविर्ता–३ का ३४ वर्षीय रामदयाल ठाकुरसँग १ हजारको ५० थान र भारत विहार घरभई गढीमाई–७ मा बस्ने ५० वर्षीय महम्मद मुस्तकीम मियाँका साथबाट पनि १ हजारको ५० थान नक्कली नोट बरामद गरेको हो ।

प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीका अनुसार ठाकुरको घरमा खानतलासी गर्दा थप ५० हजारको नक्कली नोट फेला परेको थियो ।

ठाकुर संविधानसभामा ‘यथार्थवादी पार्टी’ का तर्फबाट समानुपातिकतर्फ का उम्मेदवार थिए ।

पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय बारामा राखी थप अनुसन्धान भै रहेको प्रहरी निरीक्षक रामनाथ घिमिरेले जानकारी दिए ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>