खेलकुदबुधबार, आषाढ २५, २०७१

अर्जेन्टिना र नेदरल्यान्ड्स भिड्दै

हिमालखबर

ब्राजिलको साओ पाउलोे रंगशालामा अर्जेन्टिना र नेदरल्याण्डसले नेपाली समय अनुसार २५ असार राति १:४५ बजे प्रतिस्पर्धा गर्दैछन् । विश्वकप यात्रामा चारपटक भिडेका अर्जेन्टिना र नेदरल्यान्ड्स दुवैले आफूलाई फाइनलमा पुग्ने दाबी गरिरहेका छन् ।

चारपटकको भेटमा अर्जेन्टिनाले एक खेल र नेदरल्याण्ड्सले दुई खेल जितेका छन् भने एउटा खेल बराबरी भएको थियो ।

२४ वषपछि सेमिफाइनलमा प्रवेश गरेको अर्जेन्टिना नेदरल्यान्ड्सलाई पन्छाउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने दाउमा छ । त्यसो त नेदरल्यान्ड्स पनि कम छैन । पछिल्ला चार विश्वपकमा तेस्रोपटक सेमिफाइनलमा प्रवेश गरेको नेदरल्यान्ड्स यसपटक उपाधि चुम्दै नयाँ इतिहास कायम गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

यस सेमिफाइनल भिडन्तमा दुई टोली मात्र नभई अर्जेन्टिना टोलीका कप्तान लियोनल मेसी र नेदरल्याण्ड्सका आर्जेन रोबेनबीचको प्रतिस्पर्धाका रूपमा समेत हेरिएको छ । मेसीले जारी प्रतियोगितामा चार गोल गरेका छन् भने आर्जेनको नाममा तीन गोल छ ।

यसअघिको अर्जेन्टिनाले विश्वकप दुईपटक जितेको छ भने नेदरल्यान्ड्स तीनपटक फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन ।

गत संस्करणको विश्वकप फाइनलमा नेदरल्यान्ड्स स्पेनसँग पराजित भएको थियो ।

अर्जेन्टिनाले अन्तिम १६ मा स्विट्जरल्यान्डलाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको थियो भने बेल्जियमलाई पाखा लगाउँदै अन्तिम चारभित्र आफनो स्थान सुरक्षित गरेको हो ।

यस्तै नेदरल्यान्ड्सले अन्तिम १६ मा मेक्सिकोलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको थियो भने कोस्टारिकालाई हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...