Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एमाले महाधिवेशन: २७ असारमा निर्वाचन - Himalkhabar.com

थप समाचारबिहीबार, आषाढ २६, २०७१

एमाले महाधिवेशन: २७ असारमा निर्वाचन

हिमालखबर

राजधानीमा जारी एमाले नवौं महाधिवेशनमा २७ असार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार २६ असारमा उम्मेदवारी दर्ता, दाबी बिरोध र अन्तिम नामावली प्रकाशन हुनेछ ।

बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दरखास्त दिने समय तोकिएको आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले जानकारी दिए । उनका अनुसार २६ असार साँझ ७ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

आयोगले मतदाता नामावली २६ असार  बिहान ७ बजे प्रकाशन गरिसकेको छ ।  केन्द्रीय निर्वाचन आयोगले ३१ बुँदे निर्वाचन आचारसंहिता पनि जारी गरेको जनाएको छ ।

नेतृत्वका लागि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीको समूहबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>