Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ट्रान्सफर्मर छैन नेपालगञ्जमा - Himalkhabar.com

थप समाचारबिहीबार, आषाढ २६, २०७१

ट्रान्सफर्मर छैन नेपालगञ्जमा

हिमालखबर

नेपालगञ्ज क्षेत्रको विद्युत् प्रणालीमा जडान गरिएका ४०० ट्रान्सफर्मरमध्ये ९० प्रतिशतमा ओभरलोड रहेको विद्युत् प्राधिकरण जिल्ला कार्यालय बाँकेको स्वीकारोक्ति छ।

यस्ता गुणस्तरहीन ट्रान्सफर्मर खरीद गरेकोमा विद्युत् प्राधिकरणका कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्षअघि मुद्दा दायर गरेको थियो। त्यसैले नयाँ ट्रान्सफर्मर खरीद गरिएको छैन।

३५ वर्ष पुरानो नेपालगञ्जको विद्युत् प्रणालीलाई अद्यावधिक गर्न २०० केभीएका १० र १०० केभीएका १० थान ट्रान्सफर्मर आवश्यक रहेको विद्युत् प्राधिकरण बाँके प्रमुख पुष्पराज पन्त बताउँछन्।

५० केभीएकालाई १०० र १०० लाई २०० केभीए ट्रान्सफर्मरले प्रतिस्थापन गर्नुपर्ने अवस्था रहेको पन्तको भनाइ छ।

नेपालगञ्जमा आवश्यक ट्रान्सफर्मर व्यवस्था गर्न रु. १ करोड २५ लाख हुँदा पुग्ने अवस्था छ, आपूर्ति नरोकिएको भए त्यो रकम जुटाउन समस्या पनि छैन।

विद्युत् आपूर्ति अनियमित हुनु र लो भोल्टेज हुनु ट्रान्सफर्मरको अभाव नै कारण हो। ट्रान्सफर्मर पड्किंदा पनि प्राधिकरणले फेर्न सकेको छैन। विद्युत् मिटर नहुँदा नेपालगञ्जमा ६ महीनायता बाँडिएको छैन।

नेपालकै लाइन उत्तम
बाँकेमा विद्युत्का दुई प्रणाली प्रयोगमा छन्। राँझा विमानस्थलचोकदेखि उत्तरतिर टनकपुरबाट ल्याइएको र राष्ट्रिय प्रसारण लाइनमा जोडिएको लाइनबाट बाँडिएको ठाउँमा देशव्यापी सेड्युल अनुसार लोडसेडिङ हुन्छ।

राँझा चोकदेखि पूर्व, पश्चिम र दक्षिणमा भारतको नानपारादेखि ल्याइएको बिजुली छ। भारतसँग पाँच मेगावाटको मात्र औपचारिक विद्युत् सम्झौता भए पनि १२ मेगावाट ल्याइएको छ।

१५ मेगावाट विद्युत् आपूर्तिका लागि बनाइएको नानपारा–नेपालगञ्ज लाइन ३५ वर्ष पुरानो भएकाले १२ मेगावाट मात्र ल्याउन सकिएको हो। अहिले नेपालगञ्जमा १७ मेगावाटको माग छ।

२३ किलोमिटर लामो नानपारा―नेपालगञ्ज लाइनको तार पनि फेर्नुपर्ने अवस्था छ। तर, प्राधिकरण प्रमुख पन्त भने नेपालकै लाइन जोड्नु उपयुक्त हुने बताउँछन्। नानपारा प्रसारण लाइनको तीन किलोमिटर मात्र नेपालमा पर्ने र भारततर्फ बिग्रेमा उसले मात्र बनाउन सक्ने हुनाले उताबाट विद्युत् ल्याउँदा अनेक झमेला बेहोर्नुपर्छ।

नेपालमै मर्मत गर्नुपर्दा पनि नानपारा स्टेशनबाटै बिजुली काट्नुपर्ने र त्यसका लागि पत्र लिएर आधिकारिक व्यक्ति जानुपर्ने नियम छ। मर्मतपछि जोड्न पनि त्यही प्रक्रिया पुर्यााउनु पर्छ।

नेपालको लाइन जडान गर्दा लो भोल्टेजको समस्याबाट मुक्ति पाए पनि लोडसेडिङ भने अहिलेभन्दा बढी हुनेछ।

प्राधिकरणका प्रमुख पन्त नेपालगञ्जका लागि अपुग पाँच मेगावाट नेपालकै प्रसारण लाइनबाट उपलब्ध गराउनु सबैभन्दा उपयुक्त हुने बताउँछन्।
तुफान न्यौपाने, नेपालगञ्ज

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>