Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एमाले महाधिवेशनः कुन पक्षमा कस्ता उम्मेदवार - Himalkhabar.com

थप समाचारशुक्रबार, आषाढ २७, २०७१

एमाले महाधिवेशनः कुन पक्षमा कस्ता उम्मेदवार

हिमालखबर

नेपाल यसअघि पार्टीको महासचिवदेखि मुलुककै प्रधानमन्त्री भइसकेका हुन् । ओली सरकारमा उपप्रधानमन्त्री भइसकेका र हाल पार्टी संसदीय दलको नेता, स्थायी समिति सदस्य हुन् ।

नेपाल समूहले १० औं महाधिवेशनबाट नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुने गरी पदाधिकारी चयन गरिएको भन्दै आफ्नो समूहमा अनुभवी र युवाहरु बढी भएको जनाएको छ ।

ओली समूहका पदाधिकारीमध्ये उपाध्यक्ष र सचिवमा केही बढी समावेशी देखिएको छ भने अधिकांश राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका व्यक्तिहरु छन् ।

यो समूहले आफूहरु जनताको बहुदलीय जनवादको ‘वास्तविक उत्तराधिकारी’ भएको दाबी गरेको छ ।

आफ्नो पक्षको प्यानल तयार पार्दा अध्यक्ष झलनाथ खनालको परामर्श अनुसार तयार पारिएको नेपाल पक्षको दाबी छ ।

यद्यपी अध्यक्ष खनालले आफू तटस्थ रहेको बताउँदै आएका छन् । उम्मेदवार घोषणा कार्यक्रममा नेपालले २०३६ सालसँगैको दोस्रो पुस्ताका वैचारिक, सैद्धान्तिक र सांगठनिक रुपमा योग्य व्यक्तिहरुलाई छानिएको बताएका थिए ।

नेपाल समूहमा नयाँ
निर्वाचन हुने १४ सदस्यीय पदाधिकारीमा नेपाल समूहबाट युवराज ज्ञवालीबाहेक सबै नयाँ छन् । ज्ञवाली निवर्तमान कार्यसमितिमा सचिव हुन् ।

नेपाल समूहबाट उपाध्यक्षमा निवर्तमान पोलिटब्युरो सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे तथा केन्द्रीय सदस्यहरू भीम रावल र लालबाबु पण्डित उम्मेदवार छन् ।

उपमहासचिवमा नेपाल समूहबाट निवर्तमान पोलिटब्युरो सदस्य रघुजी पन्त र केन्द्रीय सदस्य घनश्याम भुसालको उम्मेदवारी छ भने सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, बेदुराम भुसाल र परशु मेघी गुरुङ उठेका
अनेरास्ववियुका पूर्व अध्यक्षहरु टंक कार्की, योगेश भट्टराई, अरूण नेपाल, राजेन्द्र राई, ठाकुर गैरे र रामकुमरी झाँक्री
नेपाल समूहबाट उम्मेदवार छन् ।

योजना आयोगका पूर्वउपाध्यक्ष डा। दीनेशचन्द्र देवकोटा नेपाल पक्षबाट केन्द्रीय सदस्यका उम्मेदवार हुन् ।

ओली समूहमा  अनुभवी
ओली समूहबाट उपाध्यक्षमा वामदेव गौतम, विद्या भण्डारी र महासचिवमा ईश्वर पोखरेल दोहोरिएका छन् ।
पदाधिकारीमध्येकै निवर्तमान सचिव विष्णु पौडेल र शंकर पोखरेल यसपटकदेखि थपिएको उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् ।

ओली समूहबाट उपाध्यक्षमा प्रदीप नेपाल, किरण गुरुङ र धर्मनाथप्रसाद साह छन् । नेपाल र साह पोलिटब्युरो सदस्य र गुरुङ निवर्तमान केन्द्रीय सदस्य हुन् ।

सचिवहरुमा ओली समूहबाट प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, केशवलाल श्रेष्ठ र रघुवीर महासेठ छन् । सचिवहरूमा दुवै समूहका सबै नयाँ अनुहार हुन् ।

एमालेले यसपटक उपाध्यक्ष, उपमहासचिव र सचिवमा दुईरदुई पद थपी पदाधिकारीको संख्या १५ पुर्यारएको हो । तीमध्ये निवर्तमान अध्यक्ष स्वतः वरिष्ठ नेता हुन्छन् ।

विद्यार्थी राजनीतिकै पृष्ठभूमि भएका शंकर पोखरेल ओली समूहबाट र घनश्याम भुसाल नेपाल समूहबाट उपमहासचिवको प्रतिस्पर्धामा छन् ।

ओली समूहबाट अनेरास्ववियुका पूर्वअध्यक्षहरूमध्ये शंकर पोखरेल, रामनाथ ढकाल, हिक्मत कार्की, खिमलाल भट्टराई र माधव ढुंगेल उम्मेदवार छन् ।
—————————————————————————————

नेताका सारथि

ओली समूह:
—————–

विष्णु पौडेल

ओली समूहबाट उपमहासचिवका उम्मेदवार विष्णु पौडेल २०१६ सालमा स्याङ्जाको पुतलीबजारमा जन्मेका हुन् ।
२०३३ सालदेखि राजनीतिमा लागेका ५५ वर्षीय पौडेल २०३७ मा राजकाज सम्बन्धी मुद्दामा जेल परे पनि केही समयपछि विद्रोह गरेर निस्किए।

माध्यमिक तहसम्मको अध्ययन गरेका उनी २०५१ को मध्यावधि निर्वाचनमा रुपन्देहीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

२०५३ मा युवा, खेलकुद तथा संस्कृतिमन्त्री, २०६५ मा जलस्रोत मन्त्री बनेका पौडेल २०६४ र २०७० को संविधानसभा निर्वाचनमा रुपन्देहीबाट विजयी बने। अहिले उनी एमालेका सचिव छन्।

शंकर पोखरेल
२०२० सालमा दाङको बिजौरीमा जन्मेका शंकर पोखरेल ओली समूहबाट उपमहासचिवका उम्मेदवार छन् । ५१ वर्षीय पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्।

२०३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनी उच्च शिक्षा हासिल गर्न भारतमा बस्दा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको संस्थापक अध्यक्ष बने।

२०४५ मा नेपाल फर्केर त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापति र त्यसपछि अनेरास्ववियुको अध्यक्ष बने।

२०५१ को मध्यावधि निर्वाचनमा दाङ–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी २०५४ को छैटौं महाधिवेशनबाट एमाले केन्द्रीय सदस्यमा निर्वाचित भए।

२०६४ को संविधानसभामा समानुपातिक सभासद् रहेका उनी २०७० को निर्वाचनमा पराजित भए। २०६६ मा सञ्चारमन्त्री बनेका पोखरेल आठौं महाधिवेशनबाट सचिव बनेका हुन्।

प्रदीप ज्ञवाली
२०१९ सालमा गुल्मीको बलेटक्सारमा जन्मेका ५३ वर्षीय प्रदीप ज्ञवाली ओली समूहबाट सचिव पदका उम्मेदवार हुन् । २०२८ सालदेखि राजनीतिमा लागेका उनी २०३५ मा को–अर्डिनेशन केन्द्रको सदस्य बनेपछि भूमिगत बने।

एसएलसी उत्तीर्ण ज्ञवाली २०५४ को छैटौं महाधिवेशनबाट एमालेको वैकल्पिक केन्द्रीय सदस्य बनेका हुन्।

२०५६ को आम निर्वाचन र २०६४ को संविधानसभा निर्वाचनमा गुल्मीबाट निर्वाचित ज्ञवाली २०७० को संविधानसभा निर्वाचनमा पराजित भए।

२०६३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका ज्ञवाली तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने सरकारी वार्ता टोलीको सदस्य थिए।

एमाले पोलिटब्यूरो सदस्य एवम् प्रचार विभाग प्रमुख ज्ञवाली साहित्यकार पनि हुन्।

पृथ्वी सुब्बा गुरुङ
ओली समूहबाट सचिवका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले  २०४० फागुनमा नेकपा ९माले० को सदस्यता लिएका हुन्।

२०१४ सालमा गिलुङ–८, लमजुङमा जन्मेका गुरुङले त्रिभुवन विश्वविद्यालयबाट बीएस्सी गरेका छन् । उनी २०५४ मा नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्य र २०६० मा केन्द्रीय सदस्य भएका हुन्।

उनी एमालेको आदिवासी जनजाति विभागका प्रमुख तथा नेपाल आदिवासी जनजाति लोकतान्त्रिक महासंघको संस्थापक अध्यक्ष हुन्। २०६४ मा सभासद् रहेका गुरुङ पर्यटन, संस्कृति तथा उड्डयन मन्त्री पनि भएका थिए।

राजन भट्टराई
२०२५ मा सिन्धुपाल्चोकको सिन्धुकोटमा जन्मेका ४६ वर्षीय राजन भट्टराई ओली समूहबाट सचिव पदका उम्मेदवार हुन् ।

२०३७ मा काठमाडौंको पद्मोदय मावि पढ्दादेखि विद्यार्थी राजनीतिमा सक्रिय भएका भट्टराई  २०४४ मा अनेरास्ववियुको केन्द्रीय सदस्य, २०४४ मा सचिव र २०४६ मा विदेश विभाग प्रमुख र २०४९ मा एशियाली विद्यार्थी संघको महासचिव पनि भए।

भट्टराईले लन्डन युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर तथा नयाँदिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट ‘चेन्जिङ सेक्युरिटी पर्सेप्सन अफ नेपाल इन द कन्टेक्स्ट अफ इन्डिया चाइना रिलेसन’ मा विद्यावारिधि गरेका छन्। माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उनी परराष्ट्र सल्लाहकार थिए।

नेपाल समूह:
————————–

भीम रावल
नेपाल समूहबाट उपाध्यक्ष पदका उम्मेदवार भीम रावल त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन्।

त्रिविबाटै ‘स्टेट भ्वाइलेन्स एन्ड माओइस्ट इन्सर्जेन्सी इन नेपाल’  विषयमा विद्यावारिधि गरिरहेका उनले २०३२ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भएर २०३५ मा नेकपा ९माले० को सदस्यता लिएका हुन्।

अछामको भाग्यश्वरमा २०१३ सालमा जन्मेका रावल ५८ वर्षीय रावलले २०५१ को प्रतिनिधिसभा निर्वाचनमा अछामबाट निर्वाचित भई मनमोहन अधिकारी नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका रावल २०६६ मा गृहमन्त्री बने।

एमालेको मुखपत्र छलफल साप्ताहिकका संस्थापक सम्पादक रावल २०७० को संविधानसभा निर्वाचनमा पनि अछाम–१ बाट सभासद्मा निर्वाचित भए। २०६४ को संविधानसभामा उनी समानुपातिकतर्फका सभासद् थिए।

सुरेन्द्र पाण्डे
नेपाल समूहबाट महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डे २०५४ देखि २०६० सम्म राष्ट्रियसभाको सदस्य र एमालेका प्रमुख सचेतक थिए।

विभिन्न अञ्चल इन्चार्ज, मजदूर, विद्यार्थी र पेशागत फाँटको प्रमुख भएर काम गरेका उनी पहिलो संविधानसभामा समानुपातिकतर्फका सभासद् थिए। माधवकुमार नेपाल नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका पोलिटब्यूरो सदस्य पाण्डे दोस्रो संविधानसभामा चितवन–१ बाट सभासद् छन्।

२०१५ सालमा धादिङको गजुरीमा जन्मेका सुरेन्द्र पाण्डे ९५६० ले २०३१ मा तत्कालीन को–अर्डिनेशन केन्द्रबाट राजनीति शुरू गरेका हुन्। समाजशास्त्रमा स्नातकोत्तर र वाणिज्यशास्त्रमा स्नातक पाण्डे पञ्चायतकालमा पटकपटक जेल परेका थिए।

रघुजी पन्त
नेपाल समूहबाट उपमहासचिवमा उम्मेदवारी दिएका रघुजी पन्त प्रगतीशिल लेखक संघको संस्थापक अध्यक्ष हुन ।

उनी काठमाडौंको डल्लुमा २०१३ सालमा जन्मेका हुन । उनले एमालेको केन्द्रिय प्रचार विभाग, संस्कृति विभाग आदिमा रहेर काम गरिसकेका छन् । पंचायत विरोधी आन्दोलनमा सहभागी भएका बेला उनी करिब चार वर्ष जेल बसेका छन् । उनी २०५१ र २०५४ मा ललितपुरबाट सांसद निर्वाचित भएका थिए ।

पन्तले श्रम तथा यातायात व्यवस्था मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी नेपाल पत्रकार महासंघको पूर्व महासचिव समेत हुन ।

घनश्याम भुषाल
नेपाल पक्षबाट उपमहासचिवका उम्मेदवार घनश्याम भुषाल ९५३० ले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्।
२०१८ सालमा स्याङ्जाको पिडीखोलामा जन्मेका भुषाल २०३७ देखि २०४६ सम्म धेरै पटक जेल परे। २

०५१ को मध्यावधि निर्वाचनमा रुपन्देहीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी झलनाथ खनाल नेतृत्वको सरकारमा विना विभागीय मन्त्री थिए।

गत संविधानसभा निर्वाचनमा उनी रुपन्देही–३ बाट थोरै मत अन्तरले पराजित भएका थिए।

योगेश भट्टराई
नेपाल समूहबाट सचिव पदका उम्मेदवार योगेश भट्टराई  २०३७ देखि विद्यार्थी राजनीतिमा प्रवेश गरेका हुन्।
२०२३ सालमा ताप्लेजुङको साँगुमा जन्मेका ४८ वर्षीय भट्टराई २०४३ को पञ्चायतको निर्वाचनमा जनपक्षीय उम्मेदवारलाई जिताउन काठमाडौंमा सक्रिय थिए भने २०४६ मा अनेरास्ववियूको केन्द्रीय कमिटीमा पुगेर २०५१ मा अध्यक्ष बने।

२०६४ को आठौं महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य बनेका उनी २०६४ र २०७० को संविधानसभा निर्वाचनमा काठमाडौं–६ बाट पराजित भए।

राजेन्द्र राई

२०२७ मा भोजपुरमा जन्मेका राजेन्द्र राईले विद्यार्थी जीवनबाटै राजनीति शुरू गरेका हुन्। नेपाल पक्षबाट केन्द्रीय सदस्य पदका उम्मेदवार राई २०४९ मा काठमाडौंको रत्नराज्य क्याम्पसको स्ववियू सभापति निर्वाचित भएका थिए ।

उनी दुई कार्यकाल ९२०५७–२०६१० अनेरास्ववियूको केन्द्रीय अध्यक्ष भए। राई अध्यक्ष भएकै बेला अनेरास्ववियूले गणतन्त्रमा जाने निर्णय गरेको थियो। पंचायतकालमा दुई पटक र शाही शासन विरोधी आन्दोलनमा उनी जेल परे। २०४७ सालमा पार्टी सदस्यता लिएका राई राजनीतिशास्त्रमा स्नातकोत्तर हुन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>