Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पुनर्स्थापना असम्भव, विकल्प चुनावः आचार्य - Himalkhabar.com

समाचारमंगलबार, आश्विन २, २०६९

पुनर्स्थापना असम्भव, विकल्प चुनावः आचार्य

सन्त गाहा मगर

आचार्यले संविधानसभा पुनर्स्थापना किन असम्भव छ र चुनावको विकल्प किन छैन भन्ने विषयमा राजधानीमा २ असोजमा ४५ मिनेट लामो प्रवचन दिए । विश्वसनीयता, वैधता  र स्विकार्यता समाप्त भईसकेकाले संविधानसभा पुनर्स्थापना असम्भव रहेको उनको भनाई थियो ।

दुई वर्षे कार्यकाल सकिए लगत्तै संविधानसभाको स्विकार्यता र विश्वसनीयता क्रमशः खस्किदै गएको र १४ जेठमा शुन्यतामा पुगेकाले मृत भएको आचार्यले उल्लेख गरे । सर्वोच्च अदालतले ‘म्याद थप्न पाइदैन’ भनेर जनताको भावनालाई वैधता दिएको उनले बताए । प्रवचनमा आचार्यले पुनर्स्थापना गरे त्यसको नाम ‘पुनस्र्थापित संविधानसभा ‘हुने र ‘पुनस्र्थापति संविधानसभा’लाई संविधान घोषणा गर्ने अधिकार नभएको बताए ।

प्रमुख दलका प्रमुख नेताहरुले सहमति गरेर संविधान घोषणा गर्नका लागि मात्रै पुनर्स्थापना गरिए त्यसलाई ‘घोषणासभा’ भन्नु पर्ने आचार्यको तर्क छ । दलका नेताहरुले तयार गरेको मस्यौदा पारित मात्रै गर्नका लागि पुनर्स्थापना गर्नु अर्थहीन हुने उनको भनाई थियो ।

समय नपुगेर भन्दा पनि संविधानसभा भित्रको बनोटका कारण संविधान नबनेको भन्दै आचार्यले कस्तै संविधान बन्ने भन्ने विषयमा सहमति नभई संविधान लेखन शुरुवात नै नहुने बताए ।

आचार्यको मन्तब्य सुन्दै कांग्रेस नेताद्वय भीमबहादुर तामाङ र होमनाथ दाहाललगायत । तस्बीरः मीनरत्न बज्राचार्य/हिमालखबर

दलहरुको सहमतिमा नयाँ प्रधानमन्त्री चयन, त्यसपछि चुनावी सरकार गठन र आवश्यक कानुन निर्माण गरेर निर्वाचनमा  जानुपर्ने आचार्यको धारणा छ । उनले पाँच वर्षका लागि संसदीय चुनाव गर्ने र त्यहि संसदलाई छोटो अवधिका लागि संविधानसभाको काम गर्न दिनुपर्ने विकल्प प्रस्तुत गरे ।

प्रधानमन्त्रीले ‘कु’ गरे

संवैधानिक र राजनीतिक संकट आउँछ भन्ने जानेरै प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभाको अवसान गराएको आचार्यले उल्लेख गरे । उनले राज्यका अन्य संयन्त्रलाई निकम्मा बनाएर आफू एक्लै निर्णय लिनका लागि संविधानसभा विघटन गराएकाले भट्टराईले ‘कु’ गरेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>