थप समाचारशनिबार, आषाढ २८, २०७१
बालिका बलात्कारको आरोपमा युवक पक्राउ
२७ असार दिउँसो वनमा गाई चराउन गएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्यूठान नयाँगाउँ–४ का १९ वर्षीय माधव केसी पक्राउ परेका छन् ।
रुखमा चढेकी बालिकाले थुक्दा केसीको शरीरमा छिटा परेपछि बालिका र केसीबीच झगडा भएको र त्यही निहुँमा बालिका बलात्कृत भएको बालिकाकी आमाले बताइन् । “छोरीले सरी भनेर माफी माग्दा माग्दै पनि यस्तो कुकर्म गरेछ,” बालिकाकी आमाले भनिन् ।
बालिका घर आएर आफू बलात्कृत भएको वताएपछि प्रहरीलाई खवर गरेको उनले सुनाइन् । बालिकाको अहिले जिल्ला अस्पताल विजुवारमा उपचार भैरहेको छ ।
विजयसिंह भारती, प्यूठान
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
