थप समाचारशनिबार, आषाढ २८, २०७१
६ युवती बेच्न लैजाने युवक पक्राउ
प्रलोभनमा पारी विभिन्न जिल्लाका ६ जना युवतीलाई भारततर्फ बेच्न लग्दै गरेको गिरोहका नाइके मकवानपुर पदमपोखरी– ७ का ३२ वर्षीय बुद्ध लामालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
जोखिममा रहेका महिला तथा बालबालिकाको उद्धारमा संलग्न साना हातहरु नामक संस्थाको सहयोगमा प्रहरीले ६ जना युवतीको उद्धार गरेको छ भने गिरोहका नाइकेलाई पक्राउ गरेको छ ।
वीरगञ्जबाट भारतको रक्सौल हुदैं दिल्ली पुरयाउने र त्यहाँबाट अन्य देश लग्ने योजना बनाइएको अभियुक्तले प्रहरीलाई बयान दिएका छन् ।
पक्राउ परेका वुद्ध लामालाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाईएको पर्सा प्रहरीले जनाएको छ ।
बिम्मी शर्मा, बीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
