Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
टि-ट्वेन्टी कि्रकेट महाकुम्भ प्रारम्भ - Himalkhabar.com

खेलकुदमंगलबार, आश्विन २, २०६९

टि-ट्वेन्टी कि्रकेट महाकुम्भ प्रारम्भ

Sandesh Panta

छिटो छरितो खेल छक्का-चौकाको वर्षा एक ओभरमै खेलले कोल्टे फेर्न सक्ने विशेषता र रोमान्चक प्रतिस्पर्धा । यिनै कारणले टि-ट्वेन्टी क्रिकेटले विगत केहि वर्षयता दर्शकहरुको मन जित्न सफल भैरहेको छ ।

आइसीसी वल्र्ड टि-ट्वेन्टी क्रिकेटको चौथो संस्करण्ँको उद्घाटन खेलमा आयोजक श्रीलंकाले जिम्बाब्वेसँग हम्बन्टोटास्थित महिन्दा राजपाक्षे अन्तरराष्ट्रिय रङगशालामा नेपाली समय अनुसार बेलुकी ७.४५ बजे प्रतिस्पर्धा गरेको थियो । त्यस्तै भारतले आफ्नो पहिलो खेल ३ असोजमा  अफ्गानिस्तान विरुद्ध खेल्नेछ ।

समुह चरणका प्रमुख खेलहरुः

श्रीलंका – दक्षिण अफ्रीका  ६ असोज दिउँसो ३.४५ बजे
अष्ट्रेलिया – वेस्ट इन्डिज ६ असोज  बेलुकी ७.४५ बजे
न्युजिलन्ड – पाकिस्तान ७ असोज दिउँसो ३.४५ बजे
भारत – इङग्लन्ड  ७ असोज ७ गते  बेलुकी ७.४५ बजे

चार समुहमा विभाजित १२ टोलीहरुलाई वरियता सीडिङ दिइएको छ, जसअन्तर्गत इङग्लन्ड, अष्ट्रेलिया, श्रीलंका र पाकिस्तानले क्रमश ए१ बी१ सी१ र डी१ तथा भारत वेस्ट इन्डिज दक्षिण अफ्रीका न्युजिलन्डले ए२ बी२ सी२ र डी२ को वरियता पाएका छन् ।

सुपर आठ चरणमा टोलीहरुलाई दुई समुहमा विभाजन गरिएको छ । पहिलो समुहमा समुह ए र सी का पहिलो वरियता तथा समुह बी र डी का दोस्रो वरियता प्राप्त देशहरु हुनेछन् भने दोस्रो समुह मा समुह बी र डी का पहिलो तथा समुह ए र सी का दोस्रो वरियता प्राप्त देशहरु हुनेछन् ।

प्रत्येक समुहका दुइ  टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दश लाख अमेरिकी डलर पुरस्कार राशी रहेको यस प्रतियोगिताको फाइनल असोज २१ गते आइतबार कोलम्बोमा खेलिनेछ ।

स्पष्ट दावेदार कोही नरहे पनि साविक विजेता इङग्लन्ड् भारत  पाकिस्तान वा अष्ट्रेलिया मध्ये कुनै एक टोलीले जित्न सक्ने सम्भावना देखिन्छ । यद्यपि घरेलु श्रीलंका दक्षिण अफ्रीका तथा वेस्ट इन्डिजलाई पनि कमजोर आँक्न सकिन्न ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>