थप समाचारआइतबार, आषाढ २९, २०७१
एमाले महाधिवेशन: मतगणना शुरु
एमालेको जारी नवौं महाधिवेशनमा पार्टीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना २९ असार बिहान ८ बजेबाट शुरु हुने बताइए पनि हलमा सीसीटिभी जडान, आचारसंहिता निर्माण लगायतका कार्यले ढिलाई हुँदा ११:३० बाट शुरु भएको एमालेका विष्णु रिजालले जानकारी दिएका छन् ।
२७ असार रातभार भएको मतदानपछि २८ असार विहानदेखि मतगणना गर्ने भनिए पनि प्राविधिक व्यवस्थापन, निर्वाचन कर्मचारीको थकाइ र एमालेभित्र दुई समूहबीचको विवादका कारण २९ असार विहानका ८ बजेका लागि तोकिएको थियो ।
अहिले १३ बुँदे आचार संहिता बनाइएपछि दशरथ रंगशालाको कभर्डहलभित्रै ६ स्थानमा मतगणना हुँदैछ ।
मतगणनास्थल दशरथ रंगशालामा परिषरमा परिणाम बुझ्नका लागि कार्यकर्ताको भीड भने लागेको छ।
पार्टी नेतृत्वका लागि वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीबीच प्रतिस्पर्धा छ । अध्यक्ष र पदाधिकारीको मतगणनाको परिणाम आजै रातिसम्म अाउने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
