थप समाचारआइतबार, आषाढ २९, २०७१
स्विमिंगपुलमा डुबेर किशोरको मृत्यु
वीरगञ्जको आदर्शनगर–१३ स्थित स्विमिंगपुलमा डुबेर १३ वर्षीय सौरभ साह तेलीको मत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । स्विमिंग पुल सञ्चालकको लापरवाहीका कारण दुर्घटना हुन पुगेकोले सम्बन्धित व्यक्तिलाई कारवाही गरिने पर्सा प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले स्विमिंगपुलमा तालाबन्दी गरेको छ ।
मृतक किशोर सीमावर्ती भारतीय बजार रक्सौल घर भई वीरगञ्जको घण्टाघरमा पसल चलाउँदै आएका आफ्ना बाबुसँग बस्थे । मृतकका आफन्तले स्विमिंगपुल सञ्चालक विरुद्ध कारवाहीको माग गरेका छन् ।
बिम्मी शर्मा, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
