थप समाचारआइतबार, आषाढ २९, २०७१
बम विष्फोट हुँदा बालक घाईते
गुल्मी घमीरा–९ का १३ वर्षीय बालक खेमलाल पन्थीले घर नजिकै भेटाएको बम खेलाउँदा विष्फोट भएपछि घाइते भएका छन् ।
बम हो भन्ने थाहा नपाई खेलाउँदा बालक पन्थीको हातमै बम विष्फोट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले सशस्त्र हिंसाका बेला छोडिएको बम बालकले भेटाएको अनुमान गरेको छ ।
बालकलाई प्राथमिक उपचारपछि जिल्ला अस्पताल तम्घास लगिएको प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
दश बर्षे द्वन्द्वका क्रममा जथाभावी फालिएका/छोडिएका विष्फोटक पदार्थको खोजी र व्यवस्थापन नहुदाँ विशेष गरी बालबालिकाहरु दुर्घटनामा पर्ने गरेका छन् ।
गगनशिला खड्का, गुल्मी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
