थप समाचारआइतबार, आषाढ २९, २०७१
चितवनमा बाढी, एकको मृत्यु
२९ असार विहान बाँदरमुढे खोला तर्न लागेकी चितवन कल्याणपुर–२ की ५० वर्षीया पार्वती विकलाई खोलाले बगाउँदा मृत्यु भएको छ । खोलाले बगाएको १ घण्टापछि तारमा अल्झेको अवस्थामा विकको शब भेटिएको हो ।
लगातारको वर्षाले माडीका विभिन्न ठाउँ डुबानमा परेका छन् । मगुई नदीमा आएको बाढीले बघोडा गाउँ डुबानमा परेको छ ।
मगुईले वरपरका पिपरिया, पौहारी र सिधुवा गाउँमा समेत क्षति पुर्याएको छ । त्यस्तै माडी हुँदै बग्ने बाँदरमुढे, चितइ, घाँघरखोला र पतरेखोलाले पनि वरपरका बस्तीमा क्षति पुर्याएका छन् ।
माडीको गर्दीमा ३ सय, बघौडामा ३ सय र कल्याणपुरमा ५० घर डुबानमा परेको जिल्ला विपद् व्यवस्थापन समितिका बलराम लुँइटेलले जानकारी दिए ।
डुबानका कारण बालीनाली र सडक–बाटोमा क्षति भएको लुँइटेलले बताए ।
सविता श्रेष्ठ, चितवन
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
