अन्तर्वार्ता/विचारआइतबार, आषाढ २९, २०७१
गाडी स्टाफलाई तालिम दिनुपर्छ: नारायणकाजी श्रेष्ठ
चार महिनादेखि सार्वजनिक सवारी साधन प्रयोग गर्न थालेका एमाओवादी नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ भन्छन्, ‘पार्टीको सिद्धान्त क्रान्तिकारी तर आचरण पुरै पुँजीवादी, सुविधाभोगी, अपारदर्शी भयो भनेर सार्वजनिक सवारी चढेको हुँ ।’
सार्वजनिक सवारी साधनमा यात्रा गर्ने निर्णय किन गर्नुभयो ?
केही आर्थिक अभावले र बढी पार्टी सुदृधीकरणका लागि यो निर्णय गरेको हुँ । हाम्रै पार्टीका धेरै केन्द्रीय नेताहरूले पैतृक सम्पत्ति र व्यावसाय नगरेर पनि मासिक डेढ दुई लाख खर्च गरिरहनु भएको छ । त्यत्रो पैसा कहाँबाट आयो ? पाट्र्रीको सिद्धान्त क्रान्तिकारी तर आचरण पुरै पुँजीवादी, सुविधाभोगी, अपारदर्शी हुने ? त्यसकारण रुपान्तरण हुनुपर्छ भनेर यस्तो निर्णय गरेको हुँ ।
कस्ता सवारी साधनलाई प्राथमिकता दिने गर्नुभएको छ ?
जुन भेट्यो त्यहि गाडीमा चढ्ने गरेको छु । माईक्रो, मिनि, ट्याम्पु र साझ बस चढेको छु । लखनखेलबाट लाजिम्पाट जाँदा आउँदा साझ चढ्छु अन्यको तुलनामा यसको सेवा धेरै राम्रो छ । यसबीचमा एक पटक पनि ट्याक्सी चढेको छैन ।
उपप्रधानमन्त्री भईसकेको व्यक्ति यसरी यात्रा गर्दाका असहज हुदैन ?
मलाई असुविधाको अनुभूति भएको छैन । साधारण गाउँले किसान परिवारमा जन्मेको हुँ । दुई चार वर्ष नीजि गाडी प्रयोग गर्नुभन्दा पहिला सार्वजनिक गाडी नै चढ्थे
सार्वजनिक यातायातको अवस्था कस्तो पाउनु भयो ?
नेपालमा सार्वजनिक यातायात व्यवस्था नै छैन । व्यावसायीले गाडी चलाएका छन्, व्यावसायिक उद्धेश्यका लागि र जनता त्यसमा चढ्न बाध्य छन् । एकाधबाहेक सवारी चालक र सहचालकको भाषा सुनि साध्ये हुँदैन ।
यो अवस्था सुधार्न के गर्नुपर्ला ?
सार्वजनिक यातायातलाई व्यावसायिको हातमा छोडि दिनु सरकारको गैरजिम्मेवारीपन हो । जथभावी रोक्ने, यात्रुलाई दुव्यवहार गर्ने, आवश्यकता भन्दा बढी चढाउनेलाई कडा कारवाही गर्नुपर्दछ । यात्रुसँग कस्तो व्यवहार गर्ने भन्ने सिकाउन व्यावसायी र गाडी स्टाफलाई तालिम दिनुपर्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
