थप समाचारआइतबार, आषाढ २९, २०७१

बजेट सार्वजनिक, नीतिगत सुधार प्राथमिकतामा (पूर्ण पाठसहित)

हिमालखबर

२९ असारमा व्यवस्थापिका संसदमा अर्थमन्त्री डा. रामशरण महतले उनले अघिल्लो वर्षको भन्दा १९.५१ प्रतिशत ठूलो बजेट सार्वजनिक गरेका हुन् । नयाँ बजेटमा चालु खर्चका लागि ३ खर्ब ९८ अर्ब ९५ करोड (६४.५ प्रतिशत), पुँजीगत खर्चका लागि १ खर्ब १६ अर्ब ७५ करोड (१८.९ प्रतिशत) र वित्तीय व्यवस्थापनका लागि १ खर्ब २ अर्ब ३९ करोड छुट्याइएको छ ।

पूर्वाधार, ऊर्जा, कृषि र पर्यटन क्षेत्रलाई नयाँ बजेटले प्राथमिकतामा राखेको छ । तर, बजेट मार्फत् आर्थिक वृद्धिलाई अघि बढाउन नीतिगत सुधार गर्ने घोषणा गरेको सरकारले हिम्मतिला नीतिगत परिवर्तन गर्न चुकेको छ ।

आयकर छूटको सीमालाई दम्पतिका हकमा वार्षिक ३ लाख र एकलका हकमा २ लाख ५० हजार पुर्‍याएर बजेटले मध्यम वर्गलाई खुसी पार्न खोजेको छ । यो यसअघि क्रमशः २ लाख ५० हजार र २ लाख मात्र थियो ।

बजेट ठूला आयोजना केन्द्रित हुने अपेक्षा गरिएका बेला सबै क्षेत्रमा बजेट छरिदाँ यसको लक्ष्य प्राप्त गर्न कठिन देखिएको छ । बजेटले आगामी आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धि र मुद्रास्फितिलाई ८ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ ।

बजेटले सरकारी कर्मचारीका लागि १० प्रतिशत तलब बढाएको छ भने महंगी भत्तालाई यथावत नै राखेको छ ।

बजेटको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस्

र, यो पनि पढ्नुहोस् ।

आर्थिक वर्ष २०७१ ०७२ को बजेटमा के–के कार्यक्रम छन् ?

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>