खेलकुदसोमबार, आषाढ ३०, २०७१

जर्मनीलाई विश्वकप २०१४ को उपाधि

हिमालखबर

इन्टरनेट तस्वीर

ब्राजिलमा जारी विश्वकपको २९ असार राति भएको फाइनलमा जर्मनीले अर्जेटिनालाई हराएको हो । अर्जेन्टिना १-० ले हार्दै जर्मनीलाई उपाधि बुझाउन बाध्य भयो ।

निर्धारित ९० मिनेटमा दुवै टीमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर, मिराेस्लाभ क्लोजको ठाँउमा मैदान प्रवेश गरेका मारियो गोट्जले १२३ औं मिनेटमा गोल हानेर जर्मनीलाई जिताए ।

इन्टरनेट तस्वीर

यो सँगै जर्मनीले चौंथोपटक विश्वकप जितेको छ । यसअघि जर्मनीले १९५४, १९७४ र १९९० मा उपाधि जितेको थियो । जर्मनी र इटलीले समान चार चार पटक विश्वकप जितेको छ भने ब्राजीलले सर्वाधिक पाँच पटक उपाधि जितेको छ ।

अर्जेन्टिना र उरुग्वेले दुई दुई तथा फ्रान्स, स्पेन र इङग्ल्याण्डले एक–एक पटक उपाधि जितेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...