Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विश्वकपका हिरोहरु - Himalkhabar.com

खेलकुदसोमबार, आषाढ ३०, २०७१

विश्वकपका हिरोहरु

हिमालखबर

गोल्डेन बल विजेता लियोनल मेसीः

विश्वकपमा सर्वोत्कृष्ट प्रदर्शन गरेका अर्जेन्टिनी कप्तान लियोनल मेसीले गोल्डेन बल जितेका छन् । टीमले जितेका चार खेलमा लगातार म्यान अफ दी म्याच भएका मेसीले ४ गोल गरेका थिए । उनको नाममा एक एसिष्ट पनि छ ।

मेसीले बोस्निया हर्जगोभिना र इरानविरुद्ध १/१ नाइजेरियाविरुद्ध २ गोल गरेका थिए । हरेक खेलमा उनले गरेको प्रदर्शनले टीमको बनोबल बढाएको थियो ।

बार्सिलोनाका सुपरस्टार मेसीले अर्जेन्टिनाका लागि ९३ खेल खेल्दै ४२ गोल गरिसकेका छन् ।

उत्कृष्ट गोलकिपर ‘गोल्डेन ग्लोब’का विजेता जर्मनीका म्यानुयल नेयुर र ‘गोल्डेन बल’ का विजेता अर्जेन्टिनी कप्तान लियोनल मेसी । इन्टरनेट तस्वीर

उत्कृष्ट गोलकिपर नेयुरः

उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डेन ग्लोबको पुरस्कार जर्मनीका म्यानुयल नेयुरले जिते । बायर्न म्युनिखका गोलकिपर नेयुरले ७ खेलमा ४ गोल मात्र खाए । बेलाबखत डिफेण्डरले गर्ने भुमिका पनि निभाएका २८ वर्षीय नेयुरले धेरैको मन जिते ।

युवा खेलाडी पोग्वाः

उत्कृष्ट युवा खेलाडी पाउल पोग्वा । इन्टरनेट तस्वीर

विश्वकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड भने फ्रान्सका २१ बर्षीय मिडफिल्डर पाउल पोग्वाले पाएका छन् । टीमलाई क्वाटरफाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भुमिका खेलेका पोग्वाले प्र्रिक्वाटरफाइनलमा नाजेरियाविरुद्ध गोलको खडेरी तोड्दै फ्रान्सलाई जीततर्फ धकेलेका थिए । फ्रान्सले खेलेका सबै खेलमा प्रभाव जमाएका पोग्वाले स्वीट्जरल्याण्डविरुद्ध एसिष्ट गरेका थिए ।

सर्वाधिक गोलकर्ता रेड्रिग्जेजः

कोलम्बियन स्टार जेम्स रेड्रिग्वेज । इन्टरनेट तस्वीर

सर्वाधिक गोल गरेका २२ बर्षीय कोलम्बियन स्टार जेम्स रेड्रिग्वेजले गोल्डेन बुट हात पारेका छन् । उनले हरेक खेलमा गोल गर्ने क्रममा ६ गोल गरेका थिए भने २ गोलमा सहयोगीको भुमिका निभाए । उनले जापान, आइभरी कोष्ट, ग्रीस, उरुग्वे र ब्राजिलविरुद्ध गोल गरेका थिए ।

कोलम्बिया अनुशासित टीमः

जेम्स रेड्रिग्वेजको टीम कोलम्बियाले ‘फेयर प्ले’को अवार्ड हात पारेको छ । ५ खेल खेल्ने क्रममा कोलम्बियाले ५ वटा मात्र पहेलो कार्ड बेहोेरेको थियो ।

र, यी पनि हिरो

जर्मनीमा थोमस मुलरले सिल्भर र नेदरल्याण्ड्सका आर्जेन रोबेनले ब्रोन्ज बल प्राप्त गरे । त्यस्तै, ५ गोल र ३ असिष्ट गरेका मुलरले नै सिल्भर बुट प्राप्त गर्दा आयोजक टोली ब्राजिलका नेयमारले ४ गोल र १ एसिष्ट गर्दै ब्रोन्ज बुट हात पारे ।

दीपेन्द्र सापकोटा, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>